लण्डन । ओखलढुंगा जिल्ला घर भई बेलायत बस्दै आएका नेपालीहरुको संस्था ओखलढुंगा जिल्ला समाज यूकेको नयाँ कार्यसमिति चयन गरेको छ । संस्थाको आइतवार लण्डनस्थित फेल्थामको टुडोर पार्क लेजर सेन्टरमा निवर्तमान अध्यक्ष बिष्णु बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले नारायण गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
दुई चरणमा सम्पन्न भएको उक्त कार्यक्रममा पहिलो चरणमा संस्थाको आयब्यय तथा अध्यक्षको बार्षिक प्रतिबेदन माथी छलफल भएको थियो । भने दोस्रो चरण अन्तर्गत समाजका सल्लाहकार एबम निर्बाचन आयुक्त शिबजी श्रेष्ठ सम्मिलित टोलिले बर्तमान अध्यक्ष बिष्णु बहादुर गुरुङको कार्यसमिति लाई बिघटन गरि निर्बिरोध रूपमा नारायण गुरुङ को अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति घोषित गरि उनिहरुलाइ पद तथा गोपनियताको प्रमाण पत्र प्रदान गरिएको थियो ।

नबनिर्बाचित नयाँ कार्यसमितिमा अध्यक्ष नारायण गुरुङ उपाध्यक्ष श्रीमती राज देवी गुरुङ महासचिव प्रेम तामांङ सचीव धन बहादुर गुरुङ कोषाध्यक्ष सुरेश श्रेष्ठ सहकोषाध्यक्ष श्रीमती आशा राना कार्यक्रम संयोजक कृष्ण गुरुङ कार्यक्रम सहसंयोजक फुर्तिमान गुरुङ जनसम्पर्क सचिब आश्बिण गुरुङ फोटोग्राफर जिखा राइ सांस्कृतिक सचिब गजेन्द्र लामा गुरुङ सहसांस्कृतिक सचिब नबराज गुरुङ ड्रिंक आइसी प्रल्हाद गुरुङ सहड्रिंक आइसी गान्धी राइ सदस्य रमेश राना मगर सदस्य टेक पुलामी मगर सदस्य श्रीमती बिष्णु सुनुवार सदस्य श्रीमती शान्ता बायुङ राई सदस्य श्री गंगा राई सदस्य दिपक प्रधान रहनु भएको छ।
नबनिर्बाचित अध्यक्ष नारायण गुरुङ यस अघि यस “ओखलढुंगा जिल्ला समाज युकेको” संस्थापक महासचिव , वरिष्ठ उपाध्यक्ष लगायत कोभिड -१९ बिरुद्ध ओखलढुंगेली विश्व संजालको प्रमुख संयोजक शिबजी श्रेष्ठ को अगुवाईमा २१ देशमा रहनु भएका ओखलढुंगेली हातेमालो अभियान अन्तर्गत अध्यक्ष बिष्णु बहादुर गुरुङ को अध्यक्षतामा गठित समितिमा बेलायत् बाट १९ लाख र बिश्वभरबाट ७१ लाखभन्दा बढी रकम संकलन गरि जिल्ला भरका स्वास्थ केन्द्रहरुमा स्वास्थ सामग्री खरिद गरि पारदर्शी तरिकाले बितरण गर्न जिल्लाबासी बिच अग्रणी भुमिका निभाउनु भएको थियो ।

पदभार ग्रहणपश्चात नबनिर्बाचित अध्यक्ष नारायण गुरुङ द्वारा प्रमुख संरक्षकको रुपमा संस्थापक एबम निबर्तमान अध्यक्ष Retd Capt नानिबाबु मगर लाई मनोनित गर्नुभएको घोषणा गर्नु भयो । निर्बाचित गुरुङ ले संस्थाको उदेश्य प्राप्तिका लागि सबैको साथ सहयोग को आबश्यक्ता पर्ने र सबैबाट सहयोग पाइरहनेमा आफु बिस्वस्त रहेको बताउनु भयो । साथै कोभिड -१९ विरुद्ध ओखलढुंगेली विश्व संजाल अभियान मा यस समाज लाई बिश्वास गरि इजरायल मा हुनु भएका संयोजक निरा गुरुङ र वहाँका सहयात्री हरुले यस अभियान लाई रकम पठाइ सहयोग गर्नु भएकोमा वहाँहरु लाइ पनि कार्यक्रम मा धन्यबाद दिनुभयो ।
यस्तै कोभिड–१९ विरुद्ध ओखलढुंगेली विश्व सञ्जालको प्रमुख संयोजक शिवजी श्रेष्ठको अगुवाइमा २१ देशमा रहेका ओखलढुंगाबासीहरुसँग हातेमाले गर्न बिष्णु बहादुर गुरुङको अध्यक्षतामा गठन गरिएको ५ सदस्यीय कार्यदलले गरेको प्रगतिको विवरण बारे पनि जानकारी गराइएको थियो । निर्वाचित भएसंगै अध्यक्ष गुरुङद्वारा २१ सदस्यीय टोली गठनमा उपाध्यक्ष राजदेवी गुरुङ महासचिव प्रेम तमाङ, कोषाध्यक्ष सुरेश श्रेष्ठ, कृष्ण गुरुङ संयोजक रहेको नयाँ कार्यसमिति का पदाधिकारी हरु संग सहकार्य गरी संस्थालाई नयाँ तरिकाले अघि बढाउने घोषणा गरेका थिए ।

उक्त कार्यक्रमको सञ्चालन महासचिव प्रेम तामाङले गरेका थिए । बेलायतमा रहेका ओखलढुंगेलीहरुको सुख दुःख, आपतविदमा जिल्लाबासीहरुसँग हातमा हात मिलाएर सामाना गर्ने उद्धेश्य बोकी स्थापना भएको उक्त संस्थाले जिल्लाबासीहरुको हकहित, उद्धार राहत तथा आपसी सद्भाव एवं सौहार्दता वृद्धि गर्न भूमिका खेल्दै आएको छ । २०१५ मा स्थापना भएको यस संस्थाले यथास्थितिमा आइपुग्दा धेरै उदाहरणीय कामहरु गरेको छ । संस्थापक अध्यक्ष नानिबाबु मगरको कार्यकालमा जिल्ला प्रवेश गर्ने सिन्धुली, उदयपुर, खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा ३२ लाख भन्दा बढी रकम खर्च गरी मुख्य प्रवेशद्वार निर्माण, सामुदायिक अस्पतालमा ब्लड बैंक भण्डारण, भूकम्प पीडितहरुलाइ रकम सहयोग, जिल्लाको मृगौला पिडितहरुलाई सहयोग लगायतका कामहरु गरिएका थिए भने निबर्तमान अध्यक्ष बिष्णु बहादुर गुरुङको कार्यकलमा पहिरोले घर लगायत परिवारका सदस्य गुमाउन पुगेका बालबालिकाहरुलाइ सहयोग, मृगौला पिडितलाई सहयोग साथै समाजका विभिन्न सदस्य सम्मिलित टोलिहरुलाइ जिल्लाका स्कुल हरुमा इ–लाइब्रेरीको स्थापना गर्न सहयोग गरिएको थियो ।
त्यस्तै कोभिड-१९ बिरुद्ध ओखलढुंगेली विश्व संजाल अन्तर्गत जिल्लामा स्वास्थ्य सामग्री खरिद गर्न १९ लाख भन्दा बढी रकम त्यस्तै २५ देखी ३० लाख भन्दा बढी खर्चमा निर्माणाधीन रुम्जाटार गुम्बाको मुख्य प्रवेश द्वार बनाउने योजना अगाडी बढि रहेको छ । आगामी दिनमा पनि यसप्रकारका सामाजिक कार्यहरु गर्न सबै मिलेर दत्तचित्त हुने संस्थाका पदाधिकारीहरुले प्रतिबद्धता जनाएका छन् । 






