४ वर्षीया बालिका बलात्कृत:

Rape-Incidents

कैलाली जिल्लामा चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको मसुरियामा आज दिउँसो ३ बजे एक चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जोशीपुर–६ का चुकिया कठरिया महतोलाई पक्राउ गरेको हो । मसुरिया बजारमा महतो अटो वर्कशप सञ्चालक कठरियाले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । बालिकालाई ललाइफकाइ आफ्नो कोठामा लगेर बलात्कार गरेपछि पीडित बालिकाले आफ्नी आमालाई सो घटनाबारे बताएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । अभियुक्तले आफूले बलात्कार गरेको स्वीकार गरेका छन |