एनआरएनए फ्रान्सको अध्यक्षमा गीता खनाल

पेरिस । गैरआवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको अध्यक्षमा गीत खनाल निर्वाचित भएकी छन् ।

नेपालको तनहुँ घर भएकी खनाल एनआरएनए फ्रान्सको पहिलो निर्वाचित महिला अध्यक्ष बन्न सफल भएकी छिन् ।

उनले कुल ४५८ मध्ये २४८ मत ल्याउँदा उनका प्रतिस्पर्धी मीनबहादुर श्रेष्ठले २१० मत पाए ।

खनाल यसअघि वरिष्ठ उपाध्यक्ष थिइन् । उनको प्यानलका एक सदस्य बाहेक सबै विजयी भएका छन् ।

कार्यसमिति उपाध्यक्षमा द्द४८ मत सहित शिवराम भण्डारी र २२६ मतका साथ लोकबहादुर पुन विजयी भए भने महासचिवमा २५३ मतका साथ दिलीप गुरुङ निर्वाचित भएका छन् ।

यसैगरी, सचिवमा २५२ मतका साथ कमलविक्रम केसी र कोषाध्यक्षमा २३० मतका साथ टीकादत्त अधिकारी निर्वाचित भए ।

आईसीसी सदस्यमा भने अमरबहादुर भण्डारी र एकबहादुर मल्ल दुवै जनाले २२५ मत ल्याएका छन् ।