आन्दोलन र नाकाबन्दीले १० वर्ष पछि पर्‍यो वीरगन्ज

birgunjपर्सा- मधेस आन्दोलनले वीरगन्जको विकास निर्माण लगायत औद्योगिक उन्नति दश वर्ष भन्दा बढी पछाडि धकेलिएको स्थानीय जानकारले बताएका हुन्।

औद्योगिक र व्यापारिक नगरीको रुपमा पहिचान बनाएको वीरगन्जलाई केन्द्रविन्दु बनाई मधेसवादी दलले विगत ५ महिनादलेखि जारी राखेको बन्द, हड्ताल र आन्दोलनले वीरगन्ज पछाडि धकेलिएको उनीहरुको भनाई छ।

यो आन्दोलनले मुलुकको प्रमुख प्रवेशद्वार वीरगन्जमा भारतको अघोषित नाकाबन्दीले वीरगन्जको उद्योग व्यवसायलाई धराशयी बनाएकोले पनि पुरानै अवस्थामा फर्किन दशौँ वर्ष लाग्ने निचोडमा वीरगन्वजका उद्योगी व्यवसायी पुगेका छन्।

दश वर्षको आन्तरिक द्वन्द्व र झन्डै दशवषउृको संक्रमणकालसँगै बैशाख १२ गतेको महाभूकम्प र पाँच महिना लामो मधेसकेन्द्रित बन्द हड्तालका कारण मुलुक आर्थिक रुपमा तहसनहस भएकाले वीरगन्जमा औद्योगिक र व्यवसायिक वातावरण बिथोलिएको गम्भीर चिन्ता प्रकट गरिएको छ।