शिब भन्डारी,
लन्डन, बेलायतमा आज संसदिय निर्वाचन हुँदैछ । ६ सय ५० सीटका लागि हुने मतदानमा कुनै पनि दलले बहुमत नल्याउने मत सर्वेक्षणहरुले देखाएका छन् । मतदानको लागि देशभर ५० हजारभन्दा बढी केन्द्र तोकिएका छन् ।वेष्टमिनिष्टरको ६ सय ५० सिट बाहेक २ सय ७९ स्थानिय निकायको लागि झण्डै ९ हजार काउन्सिल सिटको चुनाव पनि आजै हुँदैछ ।
झण्डै ५ करोड नागरिक मतदानको लागि योग्य रहेको बताइएको छ ।
यसैगरी विभिन्न ६ शहरमा मेयरको लागि पनि आजै मतदान हुने अधिकारीहरुले जनाएका छन् । निर्वाचनको अघिल्लो दिन हिजो पनि उम्मेदवारहरु मतदातालाई आ–आफ्नो पक्षमा तान्न प्रयासरत थिए ।
सत्तारुढ कन्जर्भेटिभ पार्टीका नेता एवं प्रधानमन्त्री डेभिड क्यामरुनले मुलुक पांँच वर्ष अघि भन्दा मजबुद भए पनि अझै धेरै काम गर्न बांकी रहेको बताएका छन् ।
विपक्षी लेवर पार्टीका नेता इद मिलिबाण्डले आफ्नो पार्टीको विचारप्रति आशावादी रहेको भन्दै जनताले सही निर्णय लिने विश्वास व्यक्त गरेका छन् ।







