एनआरएनले सञ्चालन गर्यो नेपालमा “लीड द लीडर”कार्यक्रम

लन्डन । एनआरएनले नेपालका बढ्दो सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने उद्देश्यले सडक सुरक्षा कार्यक्रम सम्पन्न गरेको छ । एनआरएन रोड सेफ्टीद्वारा नेपालमा “लीड द लीडर”कार्यक्रम सम्पन्न गरेको हो । एनआरएन रोड सेफ्टी संयोजक थर्क सेनद्वारा एनआरएन बिश्व महासंघको आयोजनामा नेपालमा रोड सेफ्टीका लागी आवस्यक पर्ने अन्तराष्ट्रिय मान्यताहरुको कानुन र नियमहरु रहेको “लीड द लीडर” कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सडक सुरक्षामा सावधानीका बिषयमा पुस्तक र भीडीयो प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा संयोजक सेनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली , यातायातमन्त्री रघुविर महासेठ, गृहमन्त्री राम बहादुर थापा र स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललगायतलाई पुस्तक र भिडीयो सीडीद्वारा नेपालमा भएको सबारी दुर्घटना र समस्याहरु समाधानका लागी आफ्नो राय प्रस्तुत गर्नुभएको थियो ।

साथै गृह मन्त्रालयमा गृहमन्त्री राम बहादुर थापाज्युको उपस्थीतीमा बृहत रुपमा युनिभर्सल हाइवे कोड्स पुस्तक विमोचन र भीडीयो सार्वजनीक गरिएको थियो । सो अवसरमा मुख्य सचीव, सबै मन्त्रालयका सचीवज्युहरु, काठमाण्डौ उपत्यकाका सबै मेयर उपमेयरहरु, प्रहरी महानीरीक्षक सर्बेन्द्र खनाल, काठमाण्डौ महानगरका प्रमुख कार्यकारी अधिकृत लगायत यातायात क्षेत्रसंग सम्बन्धीत ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।