ताप्लेजुङमा आज विहान भ्यान दुर्घटना हुँदा छ जनाको घटना स्थलमै ज्यान गएको छभने अन्य नौ जना घाइते भएका छन्। घाइते मध्ये दुईको अवस्था गम्भीर छ।
ताप्लेजुङको थेचम्बुबाट सदरमुकाम फुङ्लिङतर्फ आउँदै गरेको यात्रुबहाक जीप ल्याङ्बामा भएको हो। मे १ ज ५७२८ नम्वरको जीप भीरबाट तल खस्दा दुर्घटना भएको स्थानीय चेतनाथ दाहालले जानकारी दिए।
उद्दारका लागि प्रहरी टोली घटना स्थलमा पुगेको छ। दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन भने घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ। स्थानीय दालालका अनुसार गाडी ल्याङ्बाको भीरबाट २ सय मिटर तल खसेको छ।
घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पठाउन थालेको प्रहरीले जनाएको छ।







