सिड्नी । सिड्नीमा डेढ महिनादेखि जारी रहेको लकडाउनको विरुद्धमा नागरिकहरु सडकमा ओर्लिएपछि प्रहरी तथा सेना परिचालन गरिने भएको छ ।
बुधबार मात्रै सिड्नीकी मेयर ग्लाडिस बेरेजिक्लियनले थप चार हप्ताको लागि लकडाउन थपिएको जानकारी गराएकी थिइन् ।
हरेक दिन २ सय भन्दा बढी संक्रमित देखिन थालेसँगै सिड्नीका केही क्षेत्रहरुमा संकटकाल समेत लगाइएको थियो ।
तर लकडाउन मात्र महामारी नियन्त्रणको उपाय नभएको भन्दै नागरिक सडकमा उत्रिएका थिए । नागरिकहरुले उक्त कदम चालेपछि हाल सरकारले प्रहरी तथा सेना नै परिचालन गर्न बाध्य भएको हो ।
सयौँ संख्यामा प्रहरीहरु परिचालन भएको छ । रक्षा मन्त्री पिटर डटनले कोभिड अवज्ञा गर्ने क्रम नरोकिएको कारण नागरिकको अवज्ञा रोक्न शुक्रवारदेखि सयौँ सेनाहरु सिड्नी पठाइएको बताए । शुरूमा प्रहरी मात्रै परिचालन गरिएकोमा प्रहरीबाट मात्रै सम्भव नभएको कारण सेना पठाइएको हो ।
विहिबार मात्रै सिड्नीमा २४० संक्रमित भेटिएका थिए भने आज शुक्रबार १७० जना थपिएका छन । । संक्रमणको चुन ब्रेक हुन नसकेको कारण सरकारले कडा प्रतिबन्धहरु लगाएको हो ।
Photo- Getty Images






