महेन्द्रनगर, ७ असोज – भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै कञ्चनपुरमा क्रियाशिल विभिन्न ६ विद्यार्थी संगठनले बिरोध प्रदर्शन गरेका छन्।
जनप्रतिनिधीले बनाएको संविधानको स्वागत गर्नुको साटो भारतले हस्तक्षेप गरेको भन्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, तीन माओवादीका तीन अनेरास्ववियु क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले बिहीबार बिहान महेन्द्रनगरमा भारतीय हस्तक्षेप विरुद्ध नारावाजीसहित प्रर्दशन गरेका हुन्।
अखिल क्रान्तिकारी कञ्चनपुरका सचिव वीरेन्द्र राज विष्टले राष्ट्रियताका लागि सम्पूर्ण विद्यार्थी संगठन एकजुट भएर आन्दोलित भएको बताए। विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन्। सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट नारा लगाउँदै निस्किएका विद्यार्थीले बजारको परिक्रमा गर्दै भानुचोकमा पुगेर भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन
गरेका हुन्।







