सिड्नी । अष्ट्रेलियामा बसोबास गर्ने नेपालको तनहुँ जिल्लाबासीहरुले गृहजिल्लामा कोभिडविरुद्ध लड्नको निम्ती आर्थिक सहयोग पठाएका छन् ।
तनहुँ उद्योग वाणिज्य संघ कोभिड संकट व्यवस्थापन महाअभियान २०७८ मा तनहुँ घर भइ हाल अष्ट्रेलियामा रहेका नेपालीहरुले २ लाख ५ हजार रुपैया संकलन गरी स्वदेश पठाएका हुन् ।
तनहुँ घर भइ अष्ट्रेलियामा रहेका सन्देश राज भण्डारी, सर्बदा घिमिरे, दीपक थापा , उत्सब वाग्लेको नेतृत्वमा उक्त रकम संकलन गरी स्वदेश पठाइएको हो । जिल्लामा परेको महामारीविरुद्ध लड्नको निम्ती केही भएपनि सहयोग गर्नै उद्धेश्यसहित अर्थसंकलन गरी पठाइएको उनले बताए ।
यसरी सहयोग गर्नेहरुमा सर्बदा घिमिरे, सन्देश राजभण्डारी, सृजना अधिकारी वाग्ले, नमिता थापा, उत्सब वाग्ले, दीपा न्यौपाने, राजेन्द्र आचार्य, दीपा खनाल, निर्भना सुब्बा, चमन थापा, चेत कुमार गुरुङ, दामोदर अधिकारी, विकास श्रेष्ठ, तनहुँ भाइ ग्रुप, सन्जोग राजभण्डारी, लक्ष्मी घिमिरे भट्टराई, मदन श्रेष्ठ, उत्सव परियार, रुपेन्द्र चन्द ठकुरी, चित्र थापा, हरी रानाभाट, सुरेन्द्र श्रेष्ठ, हीरा तामाङ, सुदीप श्रेष्ठ, कर्ण राना, नविन राना, सुरेन्द्र सिग्देल, पूनम रानाभाट र सुजन भट्टराई रहेका छन् ।
उक्त रकम एक कार्यक्रममा अष्ट्रेलियामा रहेका तनहुँबासीको तर्फबाट पूर्वअध्यक्ष द्वय बृखराज श्रेष्ठ, शंकर लाल राजभण्डारी, रामनाथ भट्टराई र प्रमुख वैकुण्ठ न्यौपानेको उपस्थितीमा अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।






