नेपालमा घट्दै कोरोना संक्रमण, निको हुने बढे

काठमाडौँ । बुधबार नेपालमा थप ६ हजार ७ सय १४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका अनुसार १९ हजार ३० पीसीआर र ३२२ एन्टिजेन परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो।

यस्तै यस अवधिमा देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ६ हजर ७ सय १६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार ७७ रहेको छ।