तक्दीर अधिकारी सिड्नी । नेपालका कोरोना संक्रमितको सहयोगका लागि आयोजना गरिएको शान्ति पद यात्रा सम्पन्न भएको छ । गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनएसडब्लु) को आयोजना गरेको शान्ति पद यात्रामा प्रमुख अतिथि एनएसडब्लु राज्यका महावाणिज्यदूत दिपक खड्काले रिबन काटेर उद्घाटन गरेका थिए । २३ मे आइतबार सिड्नीको हवल पार्कमा बाट सुरु भएको पद यात्रामा ५० जनाभन्दा बढीको उपस्थिति थियो । पद यात्रा झन्डै दुई किलोमिटरको हिडेर टुंगिएको एनआरएनए न्यू साउथ वेल्स राज्य परिषद सचिव तथा कार्यक्रम संयोजक दिपक पहारीले जानकारी दिए ।
पद यात्रा सुरु गर्नुअघि दुवै देशको राष्ट्रिय धुन बजेको थियो । त्यसपछि नेपालमा संक्रमणबाट ज्यान गुमाएकाहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । सचिव पहारीका अनुसार पद यात्रामा सहभागीले सहयोग संकलन समेत गरेका थिए ।

शान्ति पद यात्रामा एनआरएनए उपाध्यक्ष मन केसी, ओसियाना संयोजक होम पाण्डे,एनआरएनए अष्ट्रेलिया कोषाध्यक्ष अनिल पोखरेल, प्रवक्ता नन्द गुरुङ,एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङ, पूर्व आइसीसी सदस्य दिनेश जोशी, इन्द्रा वन, एनआरएनए एनएसडब्लुका सहसचिव तीर्थराज कार्की, सदस्य अञ्जु शाह, युवा संयोजक अरुण गौतम, सल्लाहकार सीताराम घिमिरे, प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव तथा अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डे, तमु समाजबाट हिउपती गुरुङ, रुपन्देही समाज अस्ट्रेलियाका कृष्ण गैरे, प्रायोजकका तर्फबाट दिपक केसी, मल्टिडाइनामिक रियल एस्टटेट बाट प्रिन्सिपल मेघराज पौडेल, डिल्ली ढकाल , भरत देवकोटा, कुमारी गुरुङ लगायतको सहभागिता थियो ।
नेपालमा अक्सिजन प्लान्ट निर्माणको काम तीब्र रुपमा अघि बढेको पद यात्रा सम्पन्न भएपछि आयोजित कार्यक्रममा एनआरएनए अष्ट्रेलिया कोषाध्यक्ष पोखरेलले जानकारी गराए । आईसीसी लेबलमा पनि तीन तहमा सहयोगको कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको एनआएनए उपाध्यक्ष मन केसीले जानकारी गराए । पहिलो चरणमा अक्सिजन सिलिन्डर, दोस्रोमा कन्सटेटर र तेस्रो चरणमा खोपलाई प्राथमिकतामा राखेर अस्ट्रेलियन सरकारसँग कुरा गर्ने जानकारी उपाध्यक्ष केसीले दिए । नेपालको सात स्थानमा अक्सिजन प्लान्ट स्थापना गर्न सकियो भने दीर्घकालसम्म प्रयोगमा ल्याउन सकिने बताए ।
महावाणिज्यदूत दिपक खड्काले नेपालको वस्तुस्थितिबारे स्पष्ट पारेका थिए । त्यसैले हामीले नेपालमा सहयोग गर्नुपर्ने उनले बताए । अस्ट्रेलियन सरकारसँग सहयोगका बारेमा छलफल भइरहेको र हालै ७ मिलियन सहयोग नेपाल पुगिसकेको तथा खोपका बारेमा सरकारीस्तर बाट प्रयत्न भइरहेको उनले बताए ।

एनआरएनएले गरेको काम साह्रनीय भएको इन्द्रा वनले बताइन् । अहिलेको प्रतिकूल परिस्थितिमा नेपाल र नेपालीका लागि सबैले सहयोग गर्न उनले अनुरोध गरिन् । ओसियना संयोजक होम पाण्डेले यस्तो महामहारी सय वर्षको अन्तरालमा आउने बताए । यो महामारीमा सहयोग गर्न पाइएन भनेर गुनासो गर्ने ठाउँ नराख्न संयोजक पाण्डेले आग्रह गरे ।
च्यारिटीमार्फत संक्रमणविरुद्ध लडिरहेका नेपाललाई सहयोग जुटाउँदै जानुपर्ने एनआरएनए अस्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले बताए । यस्तै पूर्व आईसीसी सदस्य दिनेश जोशीले राजनीतिक दलमा विभाजित भएर होइन, एनआरएनए अस्ट्रेलियामार्फत् एकजुट भएर सहयोग जुटाउन जोड दिए । प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटी सचिव तथा अष्ट्रेलिया अध्यक्ष रमेश पाण्डेले नेपाललाई कसरी सहयोग गर्न सकिन्छ त्यसबारे छलफल हुनुपर्ने बताए । नेपालमा सहयोग जुटाउनका लागि हामीले हातमा हात मिलाएर काम गर्नुपर्ने उनले बताए ।
एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा एनएसडब्लु संयोजक देव गुरुङले कोरोना संक्रमितका लागि छोटो समयमै ठूलो रकम सहयोग जुटाउन सकेकामा सबैलाई धन्यवाद दिए । अब खोप नेपाल पु¥याउनका लागि पनि हामी अघि बढनपर्ने उनले बताए ।
(फोटो सौजन्य क्यानडिड फोटोग्राफी)






