लन्डन मेयरमा सादिक खान निर्वाचित

लण्डन ।लन्डनको नगरप्रमुख (मेयर) मा लेबर पार्टीका नेता सादिक खान पुनः निर्वाचित भएका छन्।

विहीवार सम्पन्न स्थानीय निर्वाचनको शनिवार प्राप्त नजिता अनुसार खानले दोस्रो पदक सो पदमा पुग्ने पहिलो मेयर बनेका छन्।
लन्डन मेयरमा निर्वाचित खानले १२ लाख ६ हजार ३४ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी कन्जरभेटिभ पार्टीका उम्मेद्वार साउन बेलीले ९ लाख ७७ हजार ६ सय १ मत पाएका थिए ।

लेबर पार्टीका खानले कन्जरभेटिभ दलका आफ्ना प्रत्यासीलाई पराजित गरेका थिए । खानलाई कतिपयले बेलायतको भावि प्रधानमन्त्रीका रुपमा समेत चित्रण गर्ने गरेका छन् ।