प्रधानमन्त्री निर्वाचनमा जसले हालेनन् मत (नामसहित)

CAकाठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

व्यवस्थापिका संसदमा बुधबार भएको निर्वाचनमा ३६३ मत प्राप्त गरी प्रचण्ड मुलुकको दोस्रोपटक प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । मतदानमा ५ सय ७३ मत खसेको थियो । प्रचण्डको विपक्षमा २ सय १० मत परेको छ ।

जसमध्ये प्रधानमन्त्री निर्वाचनमा मतदान नगर्नेहरु:

ओनसरी घर्तीमगर सभामुख
डा. शशांक कोइराला कांग्रेस
नरहरि आचार्य कांग्रेस
मनमोहन भट्टराई कांग्रेस
तारादेवी राई एमाले
गणेश काङमाङ एमाले
राज्यलक्ष्मी गोल्छा एमाले
धनबहादुर बुढा एमाले
नेजमा अलाम एमाले
पशुपति चौलागाईं एमाले
पेम्बा गुरुङ भोटे एमाले
योगेन्द्र घिसङ माओवादी
राजकुमार अग्रवाल राप्रपा
ल्हारकल लामा माओवादी निलम्बित
सञ्जय साह सद्भावना निलम्बित
सीपी मैनाली माले
आशा चर्तुदेवी फोरम लोकतान्त्रिक
दुर्गा पौडेल जनमोर्चा
मीना पुन जनमोर्चा
धर्मेन्द्रप्रसाद तेली रामसपा
नरेन्द्र कलवार तमसपा