तक्दीर अधिकारी
सिड्नी । गोर्खाज तेक्वान्दोले एकपछि अर्को सफलता क्रमशः हासिल गरिरहेको छ । ब्लाकटाउन लिसर सेन्टरमा गत अप्रिल ११ मा सम्पन्न भएको एनएसडब्लु स्टेट तेक्वान्दो च्याम्पियनसिपमा गोर्खाज तेक्वान्दोबाट चार खेलाडीले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा चारैजना खेलाडीले पदक जित्न सफल भएका छन् ।
दर्पण कँडेलले स्वर्ण, अुनभा अधिकारी र कृषा दाहालले रजत तथा क्रिस हुमागाईले कास्य पदक जितेका छन् । यो प्रतियोगितामा तेक्वान्दोका मास्टर इन्सट्रक्टर जीवन जोशीले रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने मास्टर रेशम पुनमगर र डेविड श्रेष्ठले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
यो च्याम्पियनसिप अस्ट्रेलियाको आधिकारिक हो । कोभिडले गर्दा सन् २०२० मा यो प्रतियोगिता आयोजना हुन सकेन । पदक जितेपछि हामीलाई हौसला बढेको छ, प्रमुख प्रशिक्षक जोशीले भने, मेरो लक्ष्य हाम्रा खेलाडीलाई अस्ट्रेलियाको राष्ट्रिय प्रतियोगितासम्म पु-याउने हो ।
मास्टर्स जोशीले गोर्खाज तेक्वान्दोमा विगत ३ वर्षदेखि ग्रान्भिल र उडक्रप्टरमा गरी झन्डै सयजना भन्दा बढी खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् ।







