लण्डनमा साहित्य र प्रोफेशनल्स् २ संस्था मिलेर मनाए नेपाली नयाँ वर्ष

लन्डन ।हाम्रो समाजमा एउटा भनाइ निक्कै चर्चित छ “नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ” यो दिनलाई मिठो खाने, राम्रो लाउने अनि सकारात्मक विचार ल्याउने दिनका रुपमा लिईन्छ । यस्तै लण्डनमा पनि नेपाली नयाँ वर्ष २०७८ को सु-अवसरमा दुइ संस्था मिलेर भर्चुल रुपमा मनाइएको छ ।

नेपाली साहित्य विकास परिषद् यूके  र सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स् युकेको संयुक्त आयोजनामा नेपाली नया वर्ष २०७८ मनाइएको हो । कार्यक्रममा गीत,सङ्गीत र कविता वाचन गरी गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि यती संस्थाका पूर्व अध्यक्ष वरिष्ठ समाजसेवी अभिभावक डा.राघवप्रसाद धितालले नेपाली जहाँ बसे पनी भाषा, साहित्य संस्कृति जोगाउनु पर्ने बताए ।

यती नेपाली एसोसिएसन युकेका अध्यक्ष कवि ध्रुव केसीले नेपाली जहाँ पुगेपनी नेपालीपन पनि पु-याउनुपर्नेमा जोड दिए । नेपाली लोकसंस्कृति पहिरन र रितिरिवाज चाडपर्व नेपालीको पहिचान भएकाले जोगाउनु पर्ने उनले बताए ।

नयाँ वर्ष मनाएर गाउँघर,जन्मभूमि, संस्कार र संस्कृतिको सम्झना गरिरहेका नेपाली साहित्य विकास परिषद् यूकेका अध्यक्ष वरिष्ठ कवि कोमल प्रसाद श्रेष्ठ मल्लले जन्म कुण्डलीसँग जोडिएको, रगतको नाता रहेको नेपाली नयाँ वर्ष प्यारो रहेकोे व्यक्त गरे ।

सोसाइटी अफनेप्लिज प्रोफेसनल्स् युकेका महासचिव दिलिप पौडेलले नेपालीसिर्जना र साहित्यको उर्जा बोकेर हाम्रो मुटूसँग जोडिएको नेपालीनया वर्ष मनाउँन महत्वपूर्ण रहेको बताए ।

नेपाली साहित्यविकास परिषद् यूकेका संस्थापक अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले नेपाली माटोको सुभास बोकेको नयाँ वर्षको आगमनले स्वदेश पुगेको अनुभुति दिई आनन्द महशुस हुने बताए ।

सोसाइटी अफ नेपलिज प्रोफेशनल्स् यूकेका अध्यक्ष माधव पराजुलीको अध्यक्षता सम्पन्न कार्यक्रममा सभापतित्वको आसनबाट सम्वोधन गर्दै अध्यक्ष पराजुलीले आज हामीले नेपाली नया वर्ष मनाएर हाम्रो गाउँ, घर,जन्मभूमि, संस्कार र संस्कृतिको सम्झना गरिरहेका छौ, सिर्जना र साहित्यमा स्वदेशको उपस्थिति गराएका छौँ उनले भने ।

कार्यक्रमा अन्य साहित्यिक संस्थाहरू साहित्य चौतारी युकेका संयोजक वरिष्ठसाहित्यकार वासु शर्मा, विश्व नेपाली साहित्य महासङ्ग दक्षिण उत्तर शाखा बेलायतका अध्यक्ष कवि विजय हितान, अन्तराष्ट्रिय नेपाली वाङ्गमय प्रज्ञा प्रतिष्ठानकी महासचिव कवयित्री मञ्जु भण्डारी र नेपाली मुक्तक प्रतिष्ठानकी सदस्यकवयित्री प्रतिमा केसीको सिर्जनात्मक उपस्थिति रहेको थियो ।

गीत सङ्गीत हाँस्य ठट्यौली र कविता वाचनको साहित्यसंङ्गीत मिश्रण रहेको उक्त कार्यक्रममा बालकलाकार क्रेट दाहालले बाँसुरीको धुन प्रस्तुत गरेका थिए भने कलाकार योगेश पराजुलीले राष्ट्रिय भावका गीतहरू गाएका थिए ।