अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा नेपाली नयाँ बर्षको शुभकामना

सिड्नी । नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुभकामना व्यक्त गरेका छन् । अष्ट्रेलियाको प्रधानमन्त्री कार्यालयद्वारा जारी शुभकामना सन्देशमा अष्ट्रेलिया तथा संसारका नेपाली समुदायलाई शान्ति र सुरक्षाको कामना गरेका छन् ।

‘नयाँ वर्ष विगतलाई सम्झिएर भविष्यका लागि आशा बाड्ने अवसर पनि हो । शुभकामना सन्देशमा प्रधानमन्त्री मोरिसनले भनेका छन- ‘यहाँको नेपाली समुदायलाई युवा र जोश जागरले भरिपुर्ण भएको छ । तर अझै धेरै कुरा गर्न बाँकी छ ।’

प्रधानमन्त्री मोरिसनले कोभिड महामारीका बेलामा बहुसांस्कृतिक समुदायले नेतृत्वदायी भुमिका खेलेको तथा अष्ट्रेलियाको शक्ति स्रोतसमेत बनेको उल्लेख गर्दै त्यहाँ नेपालीमुलका अष्ट्रेलियनहरुको पनि महत्वपुर्ण भुमिका रहेको बताए ।

शुभकामना जस्ताको त्यस्तै