नेपाली न्युइयर इभ धमका कमेरो इभेन्ट र रकडेल ब्याइजले उतार्यो सार्क होटेलमा १२०० युवा युवती

तक्दीर अधिकारी
सिड्नी । कमेरो इभेन्ट र रकडेल ब्याइजले संयुक्तरुपमा सिड्नीमा गरेको  नेपाली न्युइयर इभ  पार्टीमा १२०० भन्दाबडी युवा युवती उतारेको छ । नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको उक्त पार्टी  सार्क होटलमा आयोजना गरिएको हो । पार्टी साँझ ८ बजेदेखि बिहान ४ बजेसम्म चलेको थियो ।

पाण्डेमिक पछीको पहिलो इभेन्ट भएकाले पनि नेपाली युवा युवतीहरु को चाप धान्न आयोजक र इभेन्ट म्यानेजमेन्ट लाई धम्य धम्य परेको थियो। बेलुका ८ बजे बाट १२ बजे सम्म लामो लाइन बसेका दर्शकहरु ३०० जती भित्र जान नपाई फर्किये। आयोजक मध्येका एक सदस्यले भने। पार्टीमा न्याक्सट्रा सांगीतिक ब्यान्डको विशेष प्रस्तुति रहेको उक्त पार्टीमा सुशील डिजेलगायत अन्य ४ जना डिजेले पार्टीमा सहभागीलाई भरपूर मनोरञ्जन दिएका थिए । त्यसबाहेक स्थानीय कलाकारको प्रस्तुतिले पार्टीलाई अविश्वमरणीय बनाएको एक सहभागी बताए ।

कार्यक्रमलाई कंगारु इजुकेशन भिसा सेन्टरले मुख्य प्रायोजन गरेको थियो भने सिड्नी सिटी, मार्की होम्स, सफाय रियलस्टेट र २ शेर्पा बियर सहप्रायोजकका रुपमा रहेको आयोजकले जानकारी दिए । अस्ट्रेलियामा पहिलो पटक प्रवेश पाएको शेर्पा बियरले पार्टीमा रौनकता थपेको थियो । बियरका पराखीहरुले रुचाएपछि शेर्पा वियर अस्ट्रेलियामा नियमित उत्पादनका लागि तयारीमा रहेको बताइएको छ ।