लण्डन । बेलायत स्थित नेपालीहरुको संस्था रोयल बरो अफ ग्रीनविच नेप्लीज सोसाइटी ((आरजीएनएस) युकेले नयाँ नेतृत्वका लागि आगामी अप्रिल ४ तारिख आइतबार सस्थाको वार्षिक साधारण सभा गर्ने भएको छ ।
संस्थाकी महासचिव मञ्जु खरेल भण्डारीका अनुसार आगामी आइतबार भर्चुअल (जुम) मार्फत गरिने चौंथो अधिवेशनले औपचारिक रुपमा नयाँ कार्यसमिति निर्वाचित गर्नेछ । संस्थाका वार्षिक, आर्थिक प्रतिवेदनहरुका साथै विधान संशोधनको प्रस्तावमा पनि छलफल हुने कार्यक्रम छ । नयाँ कार्यसमितिको निर्वाचनमा कर्ण शाहीको संयोजकत्व, राजन खकुराल, सहदेव गिरी र श्याम शेरचन सदस्य छन् भने फडिन्द्र भट्टराई सदस्य सचिव छन् ।
यसैगरी बिधान संसोधन समिति संयोजक अर्क तिम्सेना,अंकीत गौचन,योगेश गरुङ,सुशिल प्रजापति,हरि कुमार मल्ल,लक्ष्मण गरुङ यसै गरी परिवेक्षक समितिमा मोहन गरुङ,एल एन पान्डे,कुमार श्रेष्ठ,बिनोद ज्ञवाली ,होम शर्मा रहेका छन् ।
संस्थाकी महासचिब भण्डारीले वार्षिक साधारण सभामा नेपालका ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको उपस्थितिमा बिशेष कार्यक्रम गरिने गरि भव्य तयारी भै रहेको लन्डन नेपाल न्युज लाई बताइन ।
कार्यक्रममा वसन्त सापकोटा, रचना रिमाल, समिक्ष्या अधिकारी र जोनिशा पौडेलको विशेष प्रस्तुति रहनेछ। संस्थाले वेलायतमा रहेका सम्पूर्ण संघसंस्था, समाजिक अभियन्ता एवं शुभ चिन्तकहरुलाई हार्दिक निमन्त्रणा समेत गरेको छ ।
रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी (आरजिएनएस) मा महिला सहभागिता उल्लेख्य रहेको छ । संस्थाका संस्थापक अध्यक्ष कुमार श्रेष्ठ,निवर्तमान अध्यक्ष हरिगोविन्द गुरुङ,वर्तमान कार्यसमिति अध्यक्ष शर्मिला हिराचन थकालीको अध्यक्षतामा रहेको कार्यसमिति लगायतले मातृभूमिको सहयोगका लागि अतुलनीय मानवीय काम गर्दै आएको छ ।
कार्यक्रमको प्रतक्ष्य प्रसारण भने आरजिएनएसको पेज र लन्डन नेपाल न्यूजबाट प्रसारण हुने भएको छ ।
कार्यक्रममा जोडिनका लागि यो लिंक:
Topic: RGNS UK AGM 2021 Time: Apr 4, 2021 01:00 PM London Join Zoom Meeting https://us02web.zoom.us/j/82467373095?pwd=YWVna3N1WEI2WnFETm45L0R0WVg0UT09 Meeting ID: 824 6737 3095 Passcode: rgns2021






