सागर भण्डारी,गुल्मी । सामाजिक सञ्जालको प्रयोग बढेसगैं नयाँ नयाँ प्रतिभाहरु जन्मिनेक्रम पनि बढ्दै गएको छ । विभिन्न कारणबस गाउँमै लुकेर र द`बेर रहेका प्रतिभाहरु एकपछि अर्को गर्दै मिडियामा आईरहेका छन् ।
पछिल्लो समय अत्याधिक प्रयोगकर्ता बनाउन सफल बनेको युटुब यसको माध्यम बनेको छ । युटुब मार्फत सार्वजनिक भएका धेरै प्रतिभाहरु अहिले देशभर भाईरल बनिरहेकाा छन् । भनौँ युटुबले उनीहरुको भाग्यनै बदलिदिएको छ । बालक देखि वृद्धहरुसम्म अहिले एकै छिनमा युटुबमा भाईरल बन्छन् ।
यसरी पछिल्लो समय एकाएक भाईरल हुनेमा गुल्मीका ३ प्रतिभा छन् । जसले अहिले देश खा-ईरहेका छन् । गुल्मीका विकट गाउँगाउँमा लुकेर रहेका प्रतिभाहरु खोज्ने यहाँ एउटा सञ्चारकर्मीको टिम नै छ । जसले नव प्रतिभाहरुको भाग्य नै बदलिदिएका छन् । पत्रकार मोहन बस्नेत, भुवन भुषाल, जीवन पाण्डे, सुमन पन्थी, दिपक नेपाली लगायतको सञ्चारकर्मीको टिमले खोजेका प्रतिभाहरु देशकै लोकप्रिय बनेका छन् । यसरी भाईरल हुनेमा गुल्मीबाट बाल कलाकारहरु छन् ।
रविना बसेल
गुल्मीबाट पहिलो पटक आफ्नो प्रतिभाका कारण भाईरल भएकी बाल कलाकार हुन् रविना बसेल । चन्द्रकोट गाउँपालिकामा सामान्य परिवारमा जन्मिएकी रविना गाउँमै पढाई गर्थिन् । उमेरले ९ वर्ष लाग्दै गरेकी उनको प्रतिभा गुल्मीका मिडियाकर्मीहरुले खोज गरी युटुब मार्फत प्रशारण गरे ।
विलक्ष्यण प्रतिभाकी धनी बसेलको सानै उमेरमा दोहोरी गाउने कलालाई देश विदेशबाट दर्शकले औधी रुचाए । यही प्रतिभा देखेर हिमालयन टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंलले गुल्मीका सञ्चारकर्मीहरुसगं काठमाण्डौ लिएर आउन आग्रह गरे । तिनै सञ्चारकर्मीहरुको पहलमा उनलाई काठमाण्डौमा लगियो ।
उनको ईन्द्रेणीमा प्रस्तुती पछि झनै चर्चा चुलियो । बालकै उमेरमा दोहोरी गाउन सिपालु रविनाको प्रतिभाको सम्मान गर्दै उनलाई ईन्द्रेणीले पढाउने र सगैं राख्ने निणर्य गर्यो । अहिले रविनालाई ईन्द्रेणी परिवारले निशुल्क अध्ययन गर्ने मौका जुराईदिएको छ । यसबीचमा उनले दर्जनौँ एल्वममा आफ्नो स्वर पनि दिएकी छिन् । उनका गीतहरु युटुबमा टे्रेन्डिङ्मा पर्न सफल भएका छन् ।
सचिन परियार
रविना बसेलपछि गुल्मीका बाल कलाकार सचिन परियार पनि अहिले चर्चामा छन् । गुल्मीको मुसिकोट नगरपालिकामा जन्मिएका सचिनले सानैमा आफ्नो आमाको काखबाट टाढिनुपर्यो । सामान्य परिवारमा जन्मिएका उनका बुबा गाउँमा सिलाई कटाई व्यवसाय गर्थे । आर्थिक अभावका कारण उनले सामान्य लेखपढ गरेर पढाई बिचमै छाड्नुपर्यो ।
बुबासगैं टेलर्समा बस्ने उनले सानै देखि गीतसगींतमा रुची देखाउँथे । गायन क्षेत्रमा सानै देखि लगाव राख्ने उनलाई पढ्ने मन नभएको होईन् । पढाउन सक्ने सामर्थ परिवारसगं नभएपछि उनी पढाई छाडेर बसेका थिए । रविना बसेललाई काठमाण्डौमा छाडेर फर्किएको गुल्मीको सञ्चारकर्मीको टिमले नयाँ प्रतिभा खोज्ने क्रममा फेरी बाल कलाकार सचिन परियारलाई फे-ला पार्यो ।
उनको प्रतिभा देखेर मिडियाकर्मीहरु च-कित परे । उनी जति मिठो गीत गाउँछन् त्यति नै हसाउँछन् पनि । सचिनको भिडियो पनि युटुबमा दर्शकले अत्यधिक मन पराए । उनले बोलेका केही शव्दहरु टिकटकमा यति भाईरल भईदिएकी मान्छेहरु उनको भिडियो खोजि खोजि हेर्न थाले । नेपाल अपडेटका पत्रकार मोहन बस्नेतले लिएको एक अन्तरवार्तामा उनले भनेका केही कुराले भने दर्शकको मन पनि पगाल्यो ।
अन्तरवार्ताकै क्रममा उनले बोलेको `के छ हजुर` शव्द अहिले प्रत्येक मानिसको थे-गो बनेको । त्यस्तै उनलाई स्कुल जाँदैनौँ भनेर सोधिएको छ । सचिनले पैसा छैन हजुर पढाई दिनुपर्यो भन्ने वाक्यले धेरैको मन छोयो । उनको लोकप्रियता बढ्दै गएपछि पुन : सञ्चारकर्मीको टिमले उनलाई ईन्देणीसम्म पुर्यायो । त्यहाँपनि उनलाई दर्शकले औधी रुचाए ।
मनकारी ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंलले सचिनलाई पनि ईन्देणीमै राख्ने र पढाउने प्रतिबद्धता जनाए । सोही अनुरुप अहिले उनी काठमाण्डौमै बसेर अध्ययन गर्दै आएका छन् । उनले शैक्षिक सत्र सुरु भएको ढिलै गरी विद्यालय गएपनि विद्यालयनै प्रथम हुन सफल पनि भएका छन् । यसबीचमा उनले दर्जनौँ एल्वममा आफ्नो स्वर पनि दिए ।
भने मेरी बास्सै जस्तो लोकप्रिय हास्य टेलिश्रृृखंलामा अभिनय गर्ने अवसर पनि पाए । एकपछि अर्को चर्चा कमाउँदै गएका सचिनलाई मिडियाकर्मीले काठमाण्डौ पुर्याएपछि पछाडी फर्किनुपरेको छैन् । उनको पढ्ने सपना पनि पुरा भएको छ भने उनको रुचीको विषय गीतसगींतमा लाउन पाउँदा निकै खुसी छन् ।
उनले स्वर दिएको पहिलो गीत ओँठ खोलेर करोड भन्दा बढी दर्शकले युटुबमा हेरेका छन् । यसबीचमा उनले हालै स्टेज कार्यक्रम पनि सम्पन्न गरेका छन् । दाङमा भएको एक कार्यक्रममा उनको प्रस्तुतीलाई दर्शकले निकै चा-ख मानेर हेरे । सचिन परियारलाई काठमाण्डौसम्म मिडियाकर्मीले लिएर गएपछि उनको भाग्य च-म्किएको छ ।
विमला परियार
गुल्मीकी विमला परियार सानै देखि डाक्टर बन्ने सपना देख्थिन् । जिल्लाको छत्रकोट गाउँपालिका वडा नं २ पल्लिकोटमा जन्मिएकी उनी सानै देखि डाक्टर बनेर दिनदुःखीको सहयोग गर्न चाहान्थिन् । उनको पढाई प्रतिको रुची पनि उत्तिकै थियो । डाक्टर बन्ने सपना देखेकी विमलाको जीवनमा सानै उमेरमा ब-ज्रपा-त आईलाग्यो । आमा र बाबाको माया पाउने उमेरमा उनले दुवैलाई गु-माउनु पर्यो ।
आमा बुबाको माया कस्तो हुन्छ भन्ने अनुभव गर्न नपाएकी उनको जीवनमा सानै उमेरमा जिम्मेवारीको बो-झ आईलाग्यो । बाबुआमाको मृ-त्युपछि भाई बहिनी हुर्काउने जिम्मेवारीसगैं आफ्नै सपनासगं ल-ड्दाल-ड्दै उनलाई खुसीको महसुस जीवनमा कहिले भएन् । १० वर्ष अगाडी उनले बुबाको साथ गु-माउनुपर्यो । त्यस्तै बुबाको मृ-त्यु भएको ३ वर्षमा उनीसगंबाट दै-वले आमाको का-ख पनि खो-स्यो । आमाको नि-धन हुनेबेला उनी केही बुझ्ने भएकी थिईन् ।
आमाले आफु म-र्ने बेलामा छोरी तिम्रो स्वर राम्रो छ तिमी कलाकार बने है भनेर भनेपछि उनलाई आमाले भनेको शव्दले झ-स्का-ईर-ह्यो । आमाले म-र्ने बेला व्यक्त गरेको ईच्छालाई पुरा गर्नुपर्छ भन्ने उनलाई लाग्यो । डाक्टर बन्ने सपना त आमा बुबाको मृ-त्यु भएपछि आर्थिक अभावमा अब कसरी सम्भव होला र बरु आमाले व्यक्त गरेको ईच्छा पुरा गर्नुपर्छ भन्ने लागेर उनले गीतसगींत तिर पनि रुची देखाउन थालिन् ।
घाँस दाउरा मेलापात गर्दा होस् या उकाली ओराली गर्दा उनले जतिबेला पनि गीत गुन्गुनाई रहन्थिन् । उनको स्वर सुनेपछि सबै द-गं पर्थे । विविध समस्याहरुसगं ल-डिरहेकी विमलाको प्रतिभा खोज्दै गुल्मीका सञ्चारकर्मीहरु उनको घरमा पुगे । उनको स्वर दर्शकहरुले पनि औधी रुचाए । उनी एकाएक भाईरल बनिन् ।
पत्रकारहरु मोहन बस्नेत, भुवन भुषाल, जीवन पाण्डे,सुमन पन्थी लगायतले उनलाई ईन्द्रेणीसम्म पुर्याए । ईन्द्रेणीमा आफ्नो अध्यननका कारण धेरै प्रस्तुती दिन नपाएपनि उनको थोरै प्रस्तुती देखेर नै ईन्द्रेणीका कलाकारहरु अ-चम्मित भए । सानैमा बुबा आमाको माया गु-माएकी विमलाको कथा सुन्दा ईन्द्रेणीका सबैका आँ-खा र-साए ।
इन्द्रेणीमा छत्र शाहीसंग, बिमला दाजु बहिनीको भूमिकामा दोहोरी गाउनुपर्यो । भने कृष्ण कडेलले बुबाको भूमिकामा । बुबा भन्ने शव्द सानैमा गु-माएकी उनलाई कृष्ण कडेंललाई बुबा भन्ने शव्दले सम्बोधन गर्दा आफ्नै बुबालाई सम्झिईन् । विमलाको जिन्दगीसगं मेल खाने दोहोरी ईन्द्रेणीमा प्रस्तुत गरियो । दोहोरीकै क्रममा बिमलाले म आमा बुबा गु-माएकी मान्छे भनेपछि सबैको आखामा आ-सु भरियो ।
दोहोरी गाउँदा गाउँदै स-न्ना-टा छायो । यसैक्रममा कृष्ण कडेंलले आफुलाई साँच्चिकै बुबा मान्न विमलालाई आग्रह गरे । यति भनिरहँदा विमलाले मन था-म्न सकिनन् । कृष्ण कडेंललाई झ-म्टि-एरै रु-न थालिन । विमलाको त्यो अवस्था देखेपछि कृष्ण कडेंलले एसईईमा राम्रो नतिजा ल्याएमा डाक्टर बन्ने सपना ईन्द्रेणी परिवारले पुरा गरिदिने प्रतिबद्धता जनाए ।
सोही अवसरमा उनलाई कृष्ण कडेंलले नगद २० हजार रुपैयाँ पनि सहयोग गरे । तिमी ईन्द्रेणीकै छोरी हौँ, मेरै छोरी हौ,एसईईमा राम्रो नतिजा ल्याएर उत्तिणर् गर डाक्टर बन्ने सपना हामी पुरा गरिदिनेछौँ । कृष्ण कडेंलले यत्ति भनेपछि उनलाई झनै मन स-म्हा-ल्नै गा-ह्रो भयो । आफ्नो सानै देखिको सपना पुरा हुने ठानेपछि उनले अहिले अफर आएका गीतहरु पनि रेकर्ड गर्न छाडेर अध्ययनका लागि गुल्मी फर्किएकी छिन् ।
राम्रोसगं अध्ययन गरेर डाक्टर बन्ने सपना पुरा गर्ने अठोटका साथ विमला गीत गाउन छाडेर गुल्मी फर्किएकी छिन् । उनलाई ईन्द्रेणीसम्म लिएर गएका पत्रकारहरु पनि विमलाको सपना पुरा गर्न पाएकोमा निकै खुसी छन् । उनीहरुले विमलालाई राम्रोसगं अध्धयन गर्न आग्रह गरेका छन् । विमलाले आफुले राम्रोसगं अध्धयन गर्ने र डाक्टर बन्ने सपना पुरा गर्ने बताएकी छिन् ।
सञ्चारकर्मी के को पछि ?
जिल्लाका नव प्रतिभाको प्रगती प्रति सञ्चारकर्मीहरु पनि खुसी छन् । उनीहरुले गरेको मेहनतले सार्थकता पाउँदा साँच्चिकै जीवनमा केही गरेको अनुभुती भएको उनीहरु बताउँछन् । तर उनीहरुलाई बेलाबेलामा एउटा आ-रो-प भने आउने गरेको छ । तपाईँहरु भाईरलको पछि लाग्नुभयो भन्ने आ-रो-प छ नी भन्ने प्रश्नमा पत्रकार मोहन बस्नेत भन्छन् –
यो गु-नासो बुझ्ने र समाजमा केही गर्नुपर्छ भन्ने भावना बोकेका मान्छेको होईन् । हामी लुकेका प्रतिभाको खोजिमा छौँ । यो अभियानमा कतिको साथ कतिको अ-सहयोग त पक्कै पनि हुन्छ तर गाउँमा द-बेका पि-छडिएका आवाजहरु अहिले राष्ट्रिय पहिचान झल्काउने भएका छन् । यसमा भाईरलको कुरै छैन् बस्नेतले भने ।
यसबीचमा उनले थपे हामी भाईरलको पछि लाग्ने होईन् हामीले बरु धेरैलाई भाईरल बनाएका छौँ । कसले के भन्यो भन्नुको पछाडी भन्दा नि हामीले गलत गरेका छैनौँ, बरु धेरैको उ-द्धार गरेका छौँ । यसमै सुन्तुष्टी छौँ । त्यस्ते पत्रकार जीवन पाण्डेले कतिपयले नबुझेर सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेको भन्दै आ-क्रो-स व्यक्त गरे । कतिपयले बालबालिकालाई ग-लत ठाउँमा मिडियाले प्रयोग गरे भन्नुहुन्छ – ग0लत के भएको छ र पढ्न नपाएकाहरुले पढ्न पाएका छन् । फेरी हामी उहाँहरुकै परिवारको सल्लाह ले नै यो काम गर्छौँ । साथीहरुले बुझेर कमेन्ट या प्रतिक्रिया दिँदा राम्रो होला ।खेलो मेलो बाट-साभार :






