बेलायतबाट राना परिवारले ल्याए ‘मायाको संसार’, (भिडियो)

लण्डन । बेलायतको वेस्टमिन्स्टरमा बस्ने नुर रानाको परिवारले मायाको संसार बोलको गीत सार्वजनिक गरेको छ ।

मनु रानाको शब्द, स्वर तथा लयमा उक्त गीत सार्वजनिक गरिएको हो । मनु रानाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत तथा भिडियोमा माया प्रेम र सद्भाव देखाइएको छ ।

विशुद्ध रुपमा लण्डनको पर्यटकीय समुद्री किनार तथा आसपासका रमणीय क्षेत्रमा खिचिएको भिडियोको छाँयाकंन पनि रानाकै छोरीले गरेकी हुन् । हामी सबैले माया प्रेम र सद्भाव सदैव गरिरहनुपर्ने गीतको भाव छ ।

हेरौँ भिडियो