ताप्लेजुङमा भिषण आगलागी, कम्तीमा ४० घर जले

bf]efg ahf/df cfunfuL km'ªlnª, !* kmfu'g . tfKn]h'ªsf] d]l/ªb]g ufpFkflnsf—# tyf tfKn]h'ªsf] bf]efg ahf/df eO/x]sf] cfunfuL . #% 3/ eGbf kl9 hn]/ gi6 ePsf] 5 eg] cfuf] lgoGq0f nflu kxn eO/x]sf] 5 . t:jL/ M lbns'df/ lnDa",/f;;

ताप्लेजुङ । जिल्लाको को मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभानमा भइरहेको आगलागीबाट कम्तिमा ४० घर जलेर नष्ट भएका छन्।

आज बिहान १० बजे भोला पौडेलका घरबाट विद्युत् चुहिएर आगलागी भएको स्थानीयवासी गणेश कार्कीले बताए । दोभान बजारमा अहिले ४० घर जलेर पूरै नष्ट भइसकेको जनाइएको छ । यो संख्या बढ्न सक्ने बताइएको छ ।

आगो नियन्त्रणभन्दा बाहिर गइसकेको भन्दै उहाँले केही घर भत्काएर अग्निरेखा कोर्ने काम गरिरहेको बताए । ताप्लेजुङको दमकल आगलागी क्षेत्रमा पुगेको र छिमेकी जिल्ला पाँचथरदेखि पनि आउँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिए ।

सुरक्षाकर्मी र स्थानीयवासीले आगो नियन्त्रण गर्ने पहल गरिरहेका छन् । क्षतीको थप विवरण आउन बाँकी छ ।