नेपाली चेली मिरा राई बनिन प्रिनेउ अल्ट्रा” बिश्व उपबिजेता

mira
भोजपुर सानोदुम्मा ९ कि चेली मिरा राईबनिन प्रिनेउ अल्ट्रा” बिश्व उपबिजेता,नेपाली चेली मिरा राईले स्पेनकोपिरेना बागामा सम्पन्न ‘सालोमन प्रिनेउ अल्ट्रा’ दौड सम्पन्न गर्दै बिश्व उपविजेता बनेकी छन्।

स्बिजरल्याण्डकि ईमिलीलेनिर्धारित दुरी १३ घण्टा ३९ मिनेट ३३ सेकेण्डमा पार गर्दै बिश्व च्याम्पियन बनिन्।मिराले सो दुरी १३ घण्टा ४३ मिनेट ४९सेकेण्डमा पार गर्दै बिश्व उपविजेता बनेकी हुन्।

यी २५ बर्षिय नेपाली चेलीले देखाएको प्रतिभाको कारण आज नेपाल र नेपालीको बिश्वभर ठाडो र उचो बनेको छ। संसारकै पाँच उत्कृष्ट दौडमध्ये पर्ने स्पेनको १ सय १० किलोमिटर लामो ‘सालोमन अल्ट्रा दौडमा सहभागी भई यो स्थान हासिल गर्नु हामी सबै नेपाल र नेपालीको लागि गर्बको कुरा हो।

यति ठुलो अन्तराष्ट्रिय प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएर पनि यो स्थान हासिल गर्नु उनको अदभुत क्षमताको कारण नै हो। राष्ट्रको नाम छातीमा राखेर साढे १३ घण्टा सम्म लगातार दौडेने यी चेलीलाई नमन।अल्ट्रा दौड शुरु गरेको २ बर्षमा नै चर्चा कमाएकी राईले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको १ बर्षमा नै यति ठुलो सफलताले अझ यिनिलाई आगामी दिनमा ठुलो हौसला मिल्ने बिश्वास लिएका छौँ।