हार्दिक पटेल र उनका ७८ प्रदर्शनकारी प्रहरी हिरासतमा

पाटेल तथा पटिदार समुदायलाई आरक्षणको माग राख्दै आन्दोलन गर्दैआएका भारतीय युवा हार्दिक पटेल र उनका ७८ समर्थकहरु पक्राउ परेका छन् । प्रहरीले सबै प्रदर्शनकारीलाई शनिबार पक्राउ गरी हिरासतमा राखेको छ ।

पछिल्ला दिनमा हार्दिक पटेल र उनका समर्थकहरुले अनुमति विना ‘एकता यात्रा’ को प्रदर्शन गर्दैआएका थिए । सबै प्रदर्शनकारीहरुलाई अहिले गुजरातको प्रहरी मुख्यालयमा लगिएको छ ।

आन्दोलनको क्रममा हार्दिकले यसअघि नै राज्य सरकार र प्रहरी प्रदेशमा अशान्ति फैलाउन चाहेको बताएका थिए । साथै, हार्दिकले आफ्ना समर्थकहरुलाई शान्त रहन आग्रह गरेका छन् ।

अनुमति थिएन :

हार्दिकले आन्दोलनको दौरान एक समिति गठन गरी प्रदर्शन गर्दैआएका थिए । उनले नेतृत्व गरेको संगठन ‘पटिदार अनामत आन्दोलन समिति’ले सुरुमा दान्डि मार्चको तयारी गरेको थियो । तर, दुई पटकसम्म हार्दिकले सरकारबाट दान्डि मार्चको अनुमति पाएनन् ।

यसरी दुई पटकसम्म दान्डि मार्चको अनुमति नपाएपछि हार्दिकले एकता मार्च निमाल्ने तयारी गरेका हुन् ।

हार्दिक र उनका समर्थकहरुले अनुमति विना नै शुक्रबार करिब ३५० किमी लामो सो यात्रा गरे । यसबाहेक उनीहरुको आन्तरिक गतिविधि र योजनाहरु पनि तयार थियो । शनिबार बिहानै सुरतको मगद चोकमा अति कडा सुरक्षा व्यवस्गा थियो ।

जहाँ हार्दिक र उनका समर्थकहरु एकजुट हुने पूर्वयोजना थियो । प्रदर्शनकारीहरु भेटेपछि हार्दिकले चोकमा रहेको सरदार बल्लभ भाई पटेलको मुर्तिमा माला पहिरिदिए । माला पहिरिदिनासाथ हार्दिक र अरु प्रदर्शनकारीहरु पक्राउ परे ।

त्यसो त, हार्दिकले यसअघि नै मुख्यमन्त्री आनन्दीवेन पटेललाई पनि यही विषयमा भेट गरेका थिए ।

आन्दोलन जारी :
भारतको गुजरातमा एक महिनाअघिदेखि नै यो आन्दोलन जारी छ । गुजराती एक युवाककै प्रदर्शनका कारण अहमदेवादमा कफ्र्यू नै लगाउनुपरेको थियो । प्रदर्शनको क्रममा केहीको ज्यान समेत गएको थियो ।

हार्दिक र उनका समर्थकहरुले गर्दैआएको प्रदर्शन विभिन्न रुपमा फेरिए पनि अन्त्य भने भएको छैन । गुजरातबाट सुरु भएको यो आन्दोलनले सिंगो केन्द्र सरकारलाई नै दवाव दिँदैआएको छ ।

–एजेन्सी