नेपालमा परेको बिपत्तीलाई सघाउन जान लागेको न्युजिल्याण्डको सर्च एण्ड रेस्क्यु टिम नेपालले नआउन भनेपछि यही रोकिएको छ ।
न्युजिल्याण्डले नेपालको विपत्तीमा सघाउनका लागि यहाँका बिशेषज्ञ सहितको टोली पठाउन लागेको थियो । न्युजिल्याण्डका समाचार माध्यमहरुले जनाएअनुसार नेपालले तत्कालका लागि उद्धार टोली आवश्यक नरहेको जानकारी गराएपछि उक्त टोली यहीं रोकिएको हो । न्युजिल्याण्डका बिदेशमन्त्री मरि म्याकल्लीले आफुहरु नेपाल सरकारको अनुमतीबिना बाधा नबन्ने बताएका छन् । उनले नेपाल सरकारको आवश्यक्ता अनुसार आफुहरु सहयोगका लागि तयार रहेको बताएका छन् ।
न्युजिल्याण्डले उर्बान सर्च एण्ड रेस्क्यु टिमका ३७ जना बिशेष ज्ञान लिएका उद्धारकर्तालाई नेपाल पठाउन हिजै तयारी गरेको थियो । उक्त टोलीमा उद्धार बिशेषज्ञ, चिकित्सक, इन्जिनियर, आइटी सर्पाेट लगायतका अनुभवी र बिशेषज्ञहरुको सहभागी रहेको छ । तर नेपाल सरकारले उद्धार टोली आवश्यक नरहेको जानकारी गराएपछि उद्धार टोली नेपालतर्फ जान नसकेको हो ।
केही बर्षअघि न्युजिल्याण्डको क्राइष्टचर्चमा गएको भुकम्पबाट अनुभव लिइसकेका कारण समेत यहाँका सर्च एण्ड रेस्क्यु टिम प्रभावकारी हुने ठानिएको थियो । न्युजिल्याण्डले यसअघि नै १० लाख डलर आर्थिक सहयोग पठाइसकेको छ ।







