सिड्नी । पछिल्लो समय प्रवासमा रहेरपनि जन्मभूमि नेपाललाई प्राथमिकतामा राखी सामाजिक काम गर्दै आइरहेको पोखरा समाज अष्ट्रेलियाले नेपालको कास्की जिल्ला पोखराका मृगौलाको समस्या भोगिरहेका एक व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका १३ बस्ने ३७ बर्षे मिन बहादुर सार्कीलाई उपचारको लागि नगद् चालिस हजार रूपैयाँ सहयोग गरेको सस्थाका अध्यक्ष राज कुमार अधिकारले बताए ।

हाल मिन बहादुर सार्की बचाउ अभियान अन्तर्गत विभिन्न देश बिदेशमा रहेका नेपाली समुदायबीच सहयोगको अपिल गरिएको छ । उक्त अभियानलाई साथै दिदै समाजले अष्ट्रेलियाबाट आर्थिक सहयोग पठाएको हो ।
सस्थाका अध्यक्ष राज कुमार अधिकारी, सल्लाहकार तथा समाजसेवी एवं एनआरएनए उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, सामाजिक व्यक्तित्व हिउपति गुरूङ, महासचिव समित केसी, कोषाध्यक्ष ईश्वर पहारि, समाजसेवी अर्जुन न्यौपाने ,शेर जङ्ग गुरूङ, शिव अधिकारी, आशिष अधिकारी,मोहन राना, श्री बास्तोला लगायतले पिडितका लागि रकम सहयोग गरेका थिए। अध्यक्ष अधिकारीले अझै पनि रकम संकलनको क्रम चलिरहेको भन्दै चाँडै नै पीडितसामू पुर्याउने बताए ।

पठाइएको उक्त रकम पोखरा पत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक शोभाकान्त सिग्देल, पोखरा १३ आसपासका गतिविधिका सञ्चालक कुमार केसी ,मीन ब. बचाउ अभियानका संयोजक रामचन्द्र कार्कीले पीडितको घरमै पुगी हस्तान्तरण गरेका हुन् ।
यसरी पवित्र मनले सहयोग गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको महासचिव समित केसीले बताए । लामो समयदेखि नेपालमा भैपरी आएका बाढी पहिरोमा सहयोग गर्दै आएको यस समाजले कोभिड १९ महामारीको समयमा धेरै विद्यार्थीहरुलाई राहत वितरण गरेको थियो ।






