तक्दीर अधिकारी
सिड्नी । भिजन फर मोटिभेसन (भिएफएम)ले सिड्नीमा तीन पुस्तालाई गोकूलधामको भ्रमण गराएकोे छ । लामोे समय कोेभिडले गर्दा बाहिर निस्कन नपाएका नेपालीहरुलाई मनोरञ्जन दिने र तनावबाट बाहिर निस्कन सहयोग गर्ने उद्धेश्य सहित गोकूलधाम भ्रमण गराइएको संस्थाका अध्यक्ष सुमन वलीले बताए ।
बालबालिका, यूवा तथा वृद्धवृद्धा गरी ५७ जना सहभागि रहेको उक्त भ्रमण समूह बिहान ७ बजे देखि बेलुकी सात बजेसम्म गरी १२ घण्टा यात्रा गरिएको अध्यक्ष वलीले बताए ।
सिड्नीदेखि गाडीमा २ घण्टा पश्चिमतिर पर्ने गोकूलधामको भ्रमण गर्न उक्त टोली विहान कोग्राबाट प्रस्थान गरी बेलुका पनि कोग्रामैै भेला भएका थिए ।
गोकूलधाममा रहेका ब्रतालूहरुलाई मनोरञ्जन दिने गरी भजन कीर्तिन तथा नाँचगान गरिएको थियो । भ्रमणमा आएका पाहुनाहरुलाई गोेकूलधाममा खानाको व्यवस्था गरिएको थियो । खानपिन तथा नाँचगान सकिएपछि भिएएफएमको टोलीले गोकू्रलधाम क्षेत्र पूर्णरुपमा सरसफाई गरेको थियो ।
सांस्कृतिक संयोजक रोशन रेग्मीले नाँचगान कार्यक्रममा विशेष संयोजन गरेका थिए । यसरी तीन पुस्ते भ्रमण लिएर आउने भिएफएमको टोलीलाई गोक्रूलधाममा खुलेर तारिफ गर्दै महिनामा एक दिन गएर धामको शोभा बढाइदिन आग्रह गरेका थिए ।

यसरी तीनै पुस्तालाई एकैठाँउ राखेर अभिभाहकको आशिष पाउँदा आत्मसन्तुष्टि मिलेको संस्थाका संस्थापक तथा संरक्षक महेश प्रसाई (म्याक्स बाबू|)ले बताए ।
आगामी दिनमा पनि यसप्रकारका समाजसेवामूलक कामहरु गर्दै गरिने भन्दै उनले भ्रमणलाई उत्साहजनक बनाउन सहयोग गर्र्ने सबैलाई धन्यवाद दिए । सो अवसरमा अभिभाबकको तर्फबाट श्याम खड्का र राम अधिकारीले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।
तस्वीर सौजन्यः भिएफएम






