हिमनदी फुट्दा उत्तराखण्डको धौलीगंगामा बाढी, १५० जना वेपत्ता

काठमाडौँ । भारतको उत्तराखण्डको चमोली जिल्लामा हिमनदी फुटेर धौलिगंगा नदीमा बाढी आउँदा १५० जना कामदार वेपत्ता भएका छन् ।

बाँध फुटेर ऋषिगंगा विद्युत प्रोजेक्टमा क्षती पुग्दा उक्त परियोजनामा कार्यरत १५० जना कामदार हराएको बीबीसीले जनाएको छ ।

चमोली प्रहरी तपोवन क्षेत्रमा हिमनदी टुटेपछि ऋषिगंगा विद्युत परियोजना बिग्रिए र अलकनंदा नदीको किनारमा बस्ने मानिसहरूलाई छिटो भन्दा बढी सुरक्षित ठाउँमा सर्न सल्लाह दिइएको जनाएको छ ।

प्रहरीलेले बाढीसँग सम्बन्धित सूचना पनि जारी गर्दै श्रीनगर, ऋषिकेश र हरिद्वारको पानीको तह खतराको स्तर पार गरेको जनाएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले ट्वीट गर्दै आफू घटनास्थलको लागि प्रस्थान गरेको जनाएका छन् । उनले अफवाहलाई ध्यान नदिन र पुरानो भिडियो शेयर नगर्न समेत आग्रह गरेका छन्।

गृहमन्त्री अमित शाहले प्रभावितस्थल चमोली जिल्लामा उद्दार र राहतका लागि हवाइ एवं स्थल सेनालाई पठाउन लागिएको जनाए । धौलीगंगासहित जोसीमाथ नदीमा उर्लेको बाढीले कैंयन घर बगाएको खबर छ ।

गृहमन्त्री शाहले स्थितीलाई नियालेर सोहीअनुसार दिल्लीबाट आवश्यक जनशक्ति पठाइएको जनाएका छन् । हिमताल फुटेपछि अर्को मुख्य नदी ऋषिगंगामा समेत आएको बाढीले कैंयन पुल समेत बगाएको छ ।

ऋषिगंगा तटीय आसपासका इलाकालाई खाली गर्न र सुरक्षित रहन भनिएको छ । चमोलीदेखि हरिद्धारसम्मको बस्तीलाई उच्च सतर्कतामा राखिएको छ ।

आसाम पुगेका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै उद्दार र राहतमा जुट्न प्रदेशका मुख्यमन्त्रीलाई निर्देशन दिएका छन् ।