बलात्कारी बाबा राम रहिमको डेराबाट तीन ट्रक कालोधन बाहिर लैजान खोज्दा

बलात्कारको आरोपमा जेल सजाय काटिरहेका बलात्कारी बाबा रामरहिमका बारेमा अर्को खुलासा भएको छ।

राम रहिमका चेलाले डेरामा जम्मा भएको सय करोड भन्दा बढीको कालोधन तीन वटा ट्रकमा भरेर बाहिर लाने प्रयास गरेका थिए। उक्त रहस्य सोमबार मुद्दाका बारेमा सुनुवाई गर्न पञ्जाब र हरियाणा उच्च अदालतका न्यायधिस सुर्यकान्तले डेरा सच्चा सौदाका आइटी बिगका प्रमुह विनीत कुमारको बयान हिन्दीमा पढेर सुनाउदा बाहिरीएको हो।

बिनीत कुमारले प्रहरी हिरासतमा दिएको बयानमा भनेका थिए, बलराज सिंह नामका एक व्यक्तिले डेराको सबै कालोधन तीन वटा ट्रकमा भरेर बाहिर निकालेका थिए। बलराज सिंहको हिरासत लिएपछि रकमले भरीएका ३ ट्रक का बारेमा सोधपुछ गरेर उक्त रकमको बरामत गर्ने प्रयास गरिएको थियो। तर उक्त रकम भने प्रहरीले बरामत गर्न सकेको थिएन्।

मंगलबार पञ्जाब र हरियाणा अदालतले डेरा सच्चा सौदाको मुद्दाको चेकजाँचमा बढ्दै गएको लापरबाहीका बारेमा ध्यानाकर्षण गराउर्दै फेरि उक्त मुद्दाका बारेमा अनुसन्धान थाल्न प्रहरीलाई निर्देशन दिएको छ। एजेन्सी