नयाँ संविधानमा धर्म निरपेक्षता लेखिदैँन: ओली

काठमाडौं: एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ संविधानमा धर्म निरपेक्षता नलेखिने स्पष्ट पारेका छन्। शनिबार बिहान भारतीय योग गुरु रामदेवको योग शिविरमा सहभागी हुन टुँडीखेल पुगेका ओलीले यस्तो स्पष्ट पारेका हुन्।  उनले नेपललाई धर्म निरपेक्ष घोषणा भूलबस भएको भन्दै अब आउने नयाँ संविधानमा यस्तो भूल नहुने बताए।

उनले भने, ‘धर्म निर्पेक्षता हुँदैन।सबैको धर्म पाकृतिक हुन्छ। धर्म मान्न पाउने सबैलाई अधिकार छ।’ अब बन्ने संविधानसमा हामी यी सबै कुराको व्यवस्था गर्छौ।’
उनले नेपालको अन्तरिम संविधानमा भूलबस धर्म निरपेक्षता लेखिएो स्विकार गरे। नेपाललाई धर्म निरपेक्ष घोषणा भूलबस भएको भन्दै अब आउने नयाँ संविधानमा यस्तो भूल नहुने उनको भनाई थियो।