होवार्ट । अस्ट्रेलियन क्रिकेट लिग बिग वास लिगमा सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन । आज पूर्व क्लब मेलवर्न स्टार्सविरुद्ध उनले २ विकेट लिए । यस खेलमा होबार्ट हरिकेन्स २१ रनले विजयी भएको छ ।
पहिले ब्याटिङ थालेको हुरिकेन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको मेलवर्नलाई १ सय ४३ रनमै समेट्ने क्रममा स्टक बोल्यान्डले तीन, सन्दीप लामिछाने र नाथान इलिजले दुई–दुई तथा जोहान बेथाले १ विकेट लिए ।
होबार्ट हुरिकेन्स यस जितपछि दोस्रो स्थानमा उक्लिएको छ । जारी लिगमा सन्दीपको आज पहिलो खेल हो । कोरोनाबाट संक्रमित भएका कारण उनी समयमै बिगवास खेल्नका लागि नेपालबाट अस्ट्रेलिया जान पाएका थिएनन ।






