फर्स्ट एजूकेट नेपाल यूकेले सूरु गर्‍यो गरिब परिवारको शिक्षाको अभियान

लण्डन । बेलायतमा च्यारिटी कार्यक्रम सञ्चालन गरी गरिब जेहेन्दार विद्यार्थीहरुको हकहितमा काम गर्दै आइरहेको फर्स्ट एडुकेट नेपाल एफइएन यूकेले आउने अक्टोवरमा विश्वको अग्लो शिखर सगरमाथा क्षेत्रमा च्यारीटि च्यालेन्ज कार्यक्रम गर्ने भएकोे छ । लण्डन नेपाल न्यू्जसंगको कुराकानीको क्रममा संस्थाका संस्थापक तेन्जी लामा पाख्रिनले गरिब, घरवारविहिन, र सीमान्तकृत बालबालिका तथा परिवारको शिक्षादीक्षा र सचेतनाकोे निम्ती काम गर्दै आइरहेको संस्थाले उनीहरुको बृत्तिविकासको निम्ती नयाँ अभियान शुरु गर्न लागेको जानकारी दिए ।

आउने अक्टोबर ४ देखि २१ गतेसम्म सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रका तीन उक्च पासहरुको ट्रेक गरेर च्यारीटि च्यालेन्ज  कार्यक्रम गर्न लागिएको छ । कोङमा ला ५५५० मिटर, चो ला ५४२० मिटर र रेन्जो ला ५३६० मिटर क्षेत्रमा च्यारीटि च्यालेन्ज राख्न लागिएको हो ।

‘म आफुले आर्थिक अभावकै कारण अध्ययन गर्न निकै दुःख पाएको अनुभव छ’, उनले भने, ‘सानै देखि आफूले भोगेका पीडा अरु बालबालिकाले भोेग्न नपरोस भनेर च्यारीटि कार्यक्रम शुरु गरेँ।’ उनले हालसम्म धेरै बालबालिकाहरुलाई यस कार्यक्रम मार्फत उद्धार गरेको बताउँदै २०२० मा भने कोरोनाभाइरस महामारीको कारण च्यारीटि कार्यक्रम प्रभाावित भएको बताए।

२०१३ मा स्थापना भएको एफइएन यूकेले हालसम्म धेरै बालबालिकाहरुलाई शिक्षादीक्षा, स्वास्थ्य सचेतना, काम र आवास व्यवस्था गरेको संस्थापक लामाले बताए । 

‘यदि कसैले हाम्रो अभियानमा सााथ दिएर बालबालिकाहरुको उद्धारको एक हिस्सा बन्न चाहानुहुन्छ भने एफइएन यूकेलाई सम्झन सक्नुहुनेछ,’ उनले भने, ‘तपाईहरुको सानो सहयोगले पनि बालबालिकाहरुको भविष्य बनाउन अत्यन्तै ठूलो भूमिका खेल्न सक्छ। ‘

गरिब दुःखी सीमान्तकृत समुदायको सेवा नै धर्म भएको बताउँदै उनले भने, ‘धर्म गर्न गुम्बा, मन्दिर, चर्च गएर, लाखौ दान गर्नुपर्देन, हजारौ रुपिया खर्च गरेर अगर बत्ती, फल फूल चडाउनुपर्देन, मात्र गरिब दुःखीको झुपडीमा सानो दियो बालिदिन सके पुग्छ।’