जनसम्पर्क समिति अस्ट्रेलिया एनएसडब्ल्यू गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

सिड्नी । नेपालीहरुका महान चाडपर्वहरु नजिकिएसगैं जनसम्पर्क समिति अस्ट्रेलिया न्यू साउथ वेल्स राज्यले आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले दशैँ,तिहार,छठ तथा नेपाल सवंतको अवसर पारेर अक्टोबर २ तारिख आईतबार अर्वन पार्कमा कार्यक्रम सम्पन्न गरेको हो । जनसम्पर्क समिति अस्ट्रेलिया न्यू साउथ वेल्स राज्यका सभापति सितल  गिरीको अध्यक्षता रहेको कार्यक्रममा जनसम्पर्क समिति अस्ट्रेलियाका सभापति सुरेश गुरुङको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङले विदेशमा छरिएर रहेका नेपालीहरुलाई आपसमा जमघट गराई महत्वपूर्ण कार्यक्रम गरेको भन्दै धन्यवाद सगैं विजया दशमीको शुभकामना व्यक्त गरे ।

 

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जनसम्पर्क समिति अस्ट्रेलिया एनआरएनएका कार्यक्रमहरुमा सहभागी भई अहिलेसम्म साथ सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै दशैँको शुभकामना व्यक्त गरे ।

एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्स राज्य परिषद सयोंजक देव गुरुङले सामाजिक कार्यमा राजनीतिक रगंले विभाजित नभई सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

एन्जा सस्थापक अध्यक्ष हेमन्त काफ्लेको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा एनएडिफ पूर्व अध्यक्ष विवेक थापा, पूर्व अध्यक्ष सुरेन्द्र सापकोटा, छवि सापकोटा, सुरेन्द्र सिग्देल, पूर्व अध्यक्ष गोपी डल्लाकोटी, एनआरएनए रिजनल कोअर्डिनेटर दिनेश जोशी, पूर्व रिजनल कोअर्डिनेटर महेन्द्र लम्साल,एनआरएनए अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेल, चितवन जिल्ला पूर्व सभापति विकास कोईराला, युवा समाजसेवी सन्दिप अधिकारी, जनसम्पर्क समितिका नेता कञ्चन पोखरेल, नारी निकुञ्जका पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, नयाँका निजन चौलागाईँ, सभापति सितल खाड लगायतको दशैँको शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा  जनसम्पर्क समिति अस्ट्रेलियाका नेता कञ्चन पोखरेल, एनएडिफका महासचिव प्रकाश हुमागाई,रिवरल पार्टी अस्ट्रेलियाका नेता तथा समाजसेवी नागेन्द्र प्रसाद अधिकारी,जनसम्पर्क समिति अस्ट्रेलियाका उपाध्यक्ष किशान शाक्य, एनआरएनए अस्ट्रेलियाका पूर्व युथ कोअर्डिनेटर ईसाद अहम्मद, समाजेवी सन्दिप अधिकारी, तरुण विभाग अस्ट्रेलियाका सदस्य ईश्वर पहाडी, केन्द्रीय सदस्य हष भट्टचन, अनन्त गुरुङ, एआरएनए अस्ट्ेलिया रिदम भट्टचन, एनएसडब्ल्यू खेलकुद सयोंजक अनिल क्षेत्री, नयाँका पूर्व अध्यक्ष प्रकाश अर्याल, एक्काका कोषाध्यक्ष सत्य प्रकाश कडेंल लगायत विभिन्न सघंसंस्थामा आबद्ध व्यक्तिहरु,समाजसेवी लगायतको सहभागीता रहेको थियो ।

अक्टोबर २ तारिख आईतबार अर्वन पार्कमा गरिएको कार्यक्रम सञ्चालन समित केसीले गरेका थिए ।