लण्डन । तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङलाई पत्नीशोक परेको छ ।
उनकी पत्नी चन्द्रमाया गुरूङको सोमबार दिउंसो निधन भएको हो । क्यान्सर रोगबाट पीडित ५० बर्षीय चन्द्रमायाको उनकै घर रेडिङमा निधन भएको पारिवारिक श्रोतले जनाएकोे छ ।
गत जुलाई महिनामा कलेजोमा क्यान्सर देखिएपछि चन्द्रमायाको उपचार थालिएको थियो । तर चिकित्सकको अथक प्रयासमा पनि उनलाई बचाउन सकएिन् । उनका एक १६ वर्षीय छोरा छन् ।
तमुधिं यूके बेलायतबासी नेपालीहरुको एक गौरवशाली संस्था हो । संस्थाले बेलायतमा रहेका हजारौ नेपालीहरुको कल्याणको निम्ती विविध क्षेत्रमा काम गर्दै आएको छ ।
तमुधिं यूकेका अध्यक्ष नन्दजंग गुरुङले विज्ञप्ती जारी गर्दै शोक प्रकट गरेका छन् । विज्ञप्तीमा भनिएको छ, “तमुधी यूकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्री मिन प्रसाद गुरुङ ज्यूको धर्मपत्नी स्व. चन्द्र (पेमा) गुरुङको आफ्नो घर रेडिङमा असामयिक निधन भएको खबरले तमुधीं यूके स्तब्ध र अत्यन्त दुखी भएको छ । यो दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति धैर्यधारण गर्नै शक्ति भगवानले प्रदान गुरुन भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”
संस्थाको लण्डन इकाईका अध्यक्ष चन्द्रबहादुर गुरुङ, महासचिव भरत गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, “तमु धी युकेका संस्थापक अध्यक्ष श्री मिन प्रसाद गुरुङ सिक्लिसे ज्युको धर्मपत्नी चन्द्रमाया गुरूङको ५० वर्षको उमेरमा भएको असामयिक निधनले तमु धि लण्डन इकाई परिवार स्तब्ध भएका छौं, यस् दु:खद घडीमा वहाँको मृत आत्मा प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरुमा धैर्य धारणा गर्ने शक्ति प्रदान गरुन् भनि भगवान बुद्धसंग प्रार्थना गर्दछौं । ॐमाने पद्मे हु”
तमुधीं यूके आमा समुहले पनि विज्ञप्ती मार्फत दुःख व्यक्त गरेको छ । अपत्यारिलो दुःखद समाचार फ़ेस बुक भरी हार्दिक श्रद्धाञ्जलीको खबरले स्तब्ध छौ “हार्दिक श्रद्धाञ्जली बहिनी सिमोना”,विज्ञप्तीमा भनिएको छ ।
सोपांल समाज यूकेले पनि आफ्नो सस्थाको तर्पबाट “भाबपुर्ण श्रद्धाञ्जली” प्रकट गरेका छन्

यसैगरी यहाँस्थित विभिन्न नेपाली समुदायले उक्त निधन प्रति दुख व्यक्त गर्दै मृतात्माको चीर शान्तिको कामना गरेका छन्।
तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेविड गुरुङले शोक वक्तव्य जारी गर्दै उक्त दुखःद घट्नाले संस्था परिवार मर्माहत भएको बताउँदै दिवंगत आत्माको चीर शान्तिको कामना गरे । त्यस्तै उनका आफन्त तथा स्थानीय समाजसेवी कमल कोने गुरुङले पनि दुख व्यक्त गरेका छन् ।
यसैगरी बेलायत स्थित एक सामाजिक सस्था नेपाली वेलफेयर सोसाइटी यूकेका अध्यक्ष धन बहादुर सार्कीले पनि आफ्नो सस्थाको तर्पबाट निधन प्रति दुख व्यक्त गर्दै”भाबपुर्ण श्रद्धाञ्जली” प्रकट गरेका छन् ।
लण्डन नेपाल न्यूजले पनि समाजसेवी गुरुङपत्नीको निधनमा शोक प्रकट गरेको छ ।






