विप्लव समूहलाई चन्दा नदिँदा मोरङमा शिक्षकको हत्या

?????????????????????????????????????????????????????????

काठमाडौं । मोरङको मिक्लाजुङमा हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा समुहले हत्या गरेको खुलासा भएको छ ।

प्रहरीका अनुसार चन्दा नदिएको कारण उनको हत्या गरिएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

श्रेष्ठलाई मंगलबार बिहान ६ जनाको समूहमा आएका विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए।

शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

बिहान सवा ६ बजेतिर चार पाँचजनाको संख्यामा आएको एक समूहले शिक्षकलाई घरबाट लगेको र घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर हत्या गरेको प्रहरीको भनाइ छ ।

शिक्षक श्रेष्ठको टाउकोमा गोली लागेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।