एजेन्सी । अमेरिकी राष्ट्रपतिको काम कार्बाहीबाट अमेरिका र विदेशमा रहेका धेरै मानिसको जीवनमा प्रत्यक्ष असर पर्ने गर्छ। त्यसैले आज नोभेम्बर ३ मा हुने निर्वाचनको परिणाम सबैको चासोको विषय बनेको छ। अहिलेसम्म डेमोक्र्याटिक पार्टीका उम्मेदवार जो बाइडेनले जित्ने लगभग निश्चित जस्तै भएको छ। तर अझै उनलाई आवश्यक इलेक्टोरल कलेज मत पुगेको छैन।
विजेताको निर्णय कसरी हुन्छ ?
अमेरिकी राष्ट्रपतीय निर्वाचनका दुवै उम्मेदवारले सबैभन्दा धेरै इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलको सबैभन्दा बढी मत ल्याउनका लागि प्रतिस्पर्धा गर्नेछन् ।अमेरिकाको प्रत्येक राज्यको हकमा निश्चित सङ्ख्यामा इलेक्टोरल कलेज मत निर्धारण गरिएको छ,जुन केही हदसम्म राज्यहरूको जनसङ्ख्याका आधारमा तोकिएको हुन्छ । जम्मा ५३८ वटा इलेक्टोरल कलेज मत उपलब्ध छ । जुन उम्मेदवारले २७० भन्दा बढी त्यस्तो मत प्राप्त गर्न सक्छ उही विजयी ठहरिन्छ ।![]()
अमेरिकाको प्रत्येक ५० राज्यबाट दुई जना दरले सिनेटर नियुक्त हुन्छन्। हाउसमा भने सो राज्यका जनसंख्याका आधारमा निर्वाचन क्षेत्र तोकिएको हुन्छ। जस्तै अमेरिकाको सबैभन्दा ठूलो राज्य क्यालिफोर्नियाबाट हाउसमा ५३ जना चुनिन्छन्। हाउसमा चुनिने ५३ र सिनेटमा चुनिने दुई जना गरेर क्यालिफोर्नियाको ५५ इलेक्टोरल कलेज गनिन्छ। त्यस्तै दोस्रो ठूलो राज्य टेक्सासमा ३६ जना हाउसका सदस्य र २ जना सिनेटर गरेर ३८ इलेक्ट्रोल कलेज गनिन्छ। यस्तै अमेरिकाको सानो राज्य मेएनको जम्मा ४ इलेक्ट्रोल कलेज मात्रै (२ सिनेट र २ हाउस सदस्य) छ।
यसको अर्थ सामान्य मतदाताले राज्यस्तरीय प्रतिस्पर्धाका लागि मतदान गर्ने गर्छन् राष्ट्रियस्तरमा होइन । यही कारणले गर्दा राष्ट्रिय स्तरमा वा देशव्यापी रूपमा सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार पनि इलेक्टोरल कलेजले गर्ने मतदानमा पराजित हुनसक्छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा यस्तै भएको थियो। देशभरि भएको कुल मतदानमा हिलरी क्लिन्टनले पाएको कुल मत धेरै थियो तर इलेक्टोरल कलेज वा निर्वाचक मण्डलमा धेरै मत पाएकाडोनल्ड ट्रम्प राष्ट्रपति भएका थिए ।
अमेरिकामा दुईवटालाई छाडेर बाँकी सबै राज्यमा जो जित्यो त्यहाँको सबै इलेक्टोरल कलेज मत उसैको हुने प्रावधान छ । यस हिसाबले धेरैजसो राज्यहरू दुईमध्ये एक पार्टीको पक्षमा राम्रैसँग ढल्केको पाउन सकिन्छ ।
त्यसैले यसरी मतदाताको झुकावमा स्पष्टता नदेखिएका एक दर्जनजति राज्यमा नै चुनाव प्रचारप्रसार धेरै जसो केन्द्रित हुने गर्छ । यस्ता राज्यहरूलाई ब्याटलग्राउन्ड स्टेट्स वा ‘सङ्ग्रामभूमि’ भन्ने गरिन्छ ।
त्यसैले अमेरिकाको राष्ट्रपतिका लागि कुन राज्यमा कसले जित्यो भन्ने छुट्टाउन मात्र प्रत्यक्ष मत गणना हुने गर्छ। कुनै पनि राज्यमा जसले धेरै प्रत्यक्ष मत प्राप्त ग¥यो, त्यो राज्यको सबै इलेक्टोरल कलेज जित्ने उम्मेद्वारले पाउँछ। हार्नेले एक इलेक्टोरल कलेज पनि पाउँदैन। जस्तै, यसपालि क्यालिफोर्निया जितेर बाइडेनले त्यहाँको ५५ इलेक्टोरल कलेज प्राप्त गरे भने ट्रम्पले फ्लोरिडा जितेर २९ मत प्राप्त गरेका छन् ।
यसकारण अमेरिकामा इलेक्टोरल कलेज मार्फत राष्ट्रपति चुनिने यस प्रणालीको विरोध हुँदै आएको छ ।






