काठमाणडौ २२ असोज । लेखा समितिको आजको बैठकमा ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले सकारले अनुमति दिए अपूले चिनबाट भोली नै ग्याँस ल्याउन सक्ने बताए । खासादेखि ३२ किमी अगाडी म्यालम भन्ने ठाउँमा रहेको बोटलिङ्ग प्लाण्टबाट ४० हजार सिलिण्डर ग्याँस ल्याउन आफू तयार भएको उनले बताए । ‘यसका लागि म्यालमको बोटलिङ्ग प्लाण्टमा कुरा पनि भईसकेको छ ।’ उनले भने ‘ सरकारले अनुमति दिए भोली नै आउँछ ।
घिमीरेले अहिले भारतले तीन सय ५० ग्याँसका बुलेट भारतमै रोकेको र ३० लाख खाली सिलीण्डर काठमाण्डौमा रहेकोले ति सिलिण्डर भर्नका लागि सरकारले तत्काल पहल गर्नुपर्ने बताए ।
अनुमति दिए चिनबाट ४० हजार सिलीण्ड ग्याँस भोली नै आउने






