काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि हुने दोस्रो चरणको चुनावमा विमलेन्द्र निधि र प्रकाशमान सिँहले शेरबहादुर देउवालाई नै सहयोग गर्ने भएपछि सभापतिमा देउवाको जित करिब सुनिश्चित भएको छ ।
सोमबार भएको पहिलो चुनावमा ५१ प्रतिशत मत ल्याउन नसकेर विजयी हुन नसकेपछि देउवा दोस्रो चरणमा सहयोग माग्दै हिँड्ने क्रममा देउवा दुवै उम्मेद्वारको घरमा पुगेका थिए ।
त्यस क्रममा सिँहले गल्ती कमजोरी सुधार गरी देउवाले पार्टीलाई गतिशिल बनाउने वचन दिएकोले समर्थन गर्ने निर्णय गरेको बताए ।
त्यस्तै निधिले देउवालाई नै सहयोग गर्ने बताएको निधिको सचिवालयले जानकारी दिएको हो।
यो सँगै देउवाले सभापतिमा दोहोरिने करिब पक्कापक्की भएको छ । दोस्रो चरणको मतदान दिउँसो साढे तीन बजे हुँदैछ ।






