धादिङमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं, ९ वैशाख । धादिङको झ्याप्रेखोलामा आज विहान भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् ।

काठमाडौंबाट पशुपति दर्शन गरेर गोरखपुर जाँदै गरेको भारतीय नम्बरको बस नागढुंगाबाट केही अगाडि पुगेपछि सडकबाट झण्डै १०० मिटर तल खसेको हो । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी छ ।

बसमा ५१ जना यात्रु थिए । उद्दार कार्य चलिरहेको छ । सशस्त्र प्रहरीको डीएपीको नेतृत्वमा टोली खटिएको छ भने बलम्बुमा भएको तालिमप्राप्त टोली पनि पुगेको छ । उद्दारमा अहिले सशस्त्र प्रहरीको १०७ जनाको टोली खटिएको छ ।