तक्दीर अधिकारी
क्यानबेरा । अष्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाली क्रिकेटप्रेमी तथा पुर्व क्रिकेट खेलाडीहरुको पहलमा बुद्ध नेप्लीज क्रिकेट क्लब गठन गरिएको छ । अष्ट्रेलियामा रहेका नेपाली खेलाडीहरुलाई प्रदेश हुँदै केन्द्र सम्म खेल्ने अवसरमा दिने उद्धेश्य सहित क्लबको गठन गरिएको हो ।
नेपालका पूर्व राष्ट्रि खेलाडी प्रेम चौधरीको अध्यक्षतामा गठन भएको सो क्लबले क्यानबेरा सीटीको ग्रेड १ लिग समेत खेल्ने भएको छ ।अध्यक्षमा चयन भएका चौधरीले यस अघि नेपालवाट तिन पटक सम्म युवा विश्वकप क्रिकेट खेलिसकेका छन् । क्लबको व्यवस्थापकमा कृष्ण सुबेदी, टिम कप्तानमा अर्जुन केसी, तथा सल्लाहकारमा डा. कृष्ण हमाल रहेका छन् ।
उक्त क्लबको अष्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज दाहालले एक कार्यक्रमबिच विधिवत उदघाटन गरे । साथै उनले क्लबका खेलाडीहरुलाई जर्सी समेत वितरण गर्दै नेपाललाई खेलको माध्यमबाट पनि अन्तराष्ट्रिय स्तरमा चिनाउने अभियानको प्रादुर्भाव गरेकोमा सबैलाई धन्यवाद दिए । उद्घाटन समारोहमा बोल्दै क्यानबेराका नेपाली अभियन्ता डा कृष्ण हमाल तथा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा ए सि टि राज्य परिषदक सम्योजक चुडामणी सापकोटाले खेलकुद स्वास्थ सुधार मात्र नभएर देशको पहिचान विकासको माध्यम भएको बताए । क्लबका अध्यक्ष तथा पुर्व राष्ट्रिय खेलाडी प्रेम चौधरीले आफुहरुले जानेको खेल प्रदर्शन गरी अष्ट्रेलियामा पनि नेपाललाई चिनाउने बताए ।कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्स राज्य परिषदक सम्योजक देब गुरुङ लगायत लब्धप्रतिष्ठित ब्यक्तीहरु को उपस्थिती थियो । 
यस क्लबमा ४४ जना युवाहरु आवद्ध छन् । जसमा ३८ जना खेलाडीहरु छन भने बाँकी कार्यकारी सदस्यहरु रहेका छन् । क्यानबेरामा रहेका युवाहरुको प्रतिनिधित्व हुने गरी क्लब गठन गरिएको र क्लब मार्फत अष्ट्रेलियामा सीटि ग्रेड लिग खलिने क्लबका पब्लिक रिलेशन अफिसर कर्मा लामाले बताए । यस क्लबबाट विशुद्ध नेपालीहरुले मात्र क्रिकेट खेल्ने छन् । गत बर्ष क्यानबेरा नेप्लीज क्रिकेट क्लब बाट ग्रेड २ र ४ खलिएको थियो भने अब एक खेलिने भएको हो । हाल यहाँ दुई क्रिकेट क्लब रहेका छन् । जसले हरेक टिमहरु सँग खेलिरहेका छन् । “हामीले नेपालीहरुलाई खेलाउने छौँ । त्यसबाट राम्रो खेलाडीहरु छनौट गरिनेछ । अनि अन्तर प्रदेश हुँदै केन्द्र सम्म खेल्ने हामीहरुको योजना छ, यो यहाँ पहिलो अभियान हो।” अफिसर हमालले भने । क्लबको मुख्य प्रयोजक एभेरेष्ट एजुकेशन सह प्रायोजक आरके होम लोन र उप प्रायोजक एसएन्डएस एकाउन्टीङतथा झोमालोङ्मा नेपाली रेस्टुरेन्ट रहेका छन् । नेपाली क्रिकेटप्रेमी तथा अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमको सञ्चालन क्लबका सदस्य ललित मल्लले गरेका थिए ।






