लण्डन । स्याङ्जा ज्याग्दी खोला समाज यूकेले मातृभूमि नेपालको स्याङ्जा जिल्लाका बाढीपहिरो पीडितलाई राहत हस्तान्तरण गरेको छ ।
मनसुन शुरु भएसँगै आएका बाढी तथा पहिरोले प्रभावित भएका धरादी गाँउका ५ परिवारलाई ३ लाख ६८ हजार ८ सय रुपैया बराबरको राहत वितरण गरिएको संस्थाका महासचिव नुर रानाले बताए । जसमा साजन रानाले २ लाख १८ हजार ८ सय, रामचन्द्र भुजेलले १ लाख, मिन बहादुर रानाले २० हजार, झ्याल बहादुर रानाले १५ हजार तथा जग कुमारी सिँजालीले १५ हजार नगद प्राप्त गरेका छन् ।
वितरण कार्यक्रममा समाजका सल्लाहकार कर्ण बाहादुर राना, समाजका नेपाल संयोजक निर राना र कुम्भसिङ् राना सहभागि रहेका थिए ।
महासचिब रानाले आफुहरुले चालेको अभियानलाई साथ दिएको सबै सहयोगदाताहरु प्रति धन्यवाद दिदै यस राहतले ती परिवारको विहान बेलुका चुल्हो बाल्न सजिलो हुने विश्वास ब्यक्त गरे । आगामी दिनमा पनि गाँउबासीहरुको समस्यामा सदैव साथ दिने उनको भनाई छ ।






