क्याण्डी क्रस खेल्दा जीवनका लागि खतरा :

अमेरिकाको क्यालिफोर्नियामा एक २९ वर्षीय युवकलाई स्मार्ट फोनमा क्याण्डी क्रस खेल्ने लत थियो । उनी घन्टौंसम्म लगातार खेलिरहन्थे ।

candy-crush

यसले उनको औलाको टिस्यू फाट्यो । तर, उनलाई थाहा भएन । उनले नियमित रुपमा ६ सातासम्म क्याण्डी क्रस खेलिरहे ।

जब औला सुन्नियो, उनी डाक्टर कहाँ गए । जाँचका क्रममा उनको औला सर्जरी गर्नु पर्ने भयो । उपचारमा संलग्न डाक्टरका अनुसार भिडियो गेमका कारण औंलाको मांसपेशीमा यस्तो असर देखिन्छ ।

लगातार गेम खेल्नेहरुलाई सुरुमा पीडा महसुस नै हुँदैन । किनकी खेलको लतका कारण मानिसहरु शरीरिक चोट पनि विर्सिन्छन् । तर, यसले गम्भीर परिणाम ल्याउँछ ।