भण्डारी ब्रर्दश समूहलाई बेलायतमा अर्को सफलता:

लन्डन ।

बेलायतमा नेपालीद्वारा सञ्चालित रेष्टुरेन्टले दिनप्रति दिन सफलता हाँसिल गर्न थालेका छन् । लण्डनमा लोकप्रिय हुँदै गएको नेपाली खानाले राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड हात पार्नु यसको ज्वलन्त प्रमाण हो । यस्तै सफलतामा उभिएको द एभरेष्ट इन रेष्टुरेन्ट पछिल्लो उदाहरण हो ।kamal_bhandari1kamal_bhandari1kamal_bhandarikamal_bhandarikamal_bhandari बेलायतका अग्रणी समाजसेवी कमल भण्डारी र शंकर भण्डारीको समूहद्वारा सञ्चालित द एभरेस्ट इनले ग्रामथान जर्नल बेष्ट टेस्ट करी अवार्ड–२०१५ जित्न सफल भएको छ । ग्रामथानबाट प्रकाशित हुने जर्नलले प्रत्येक वर्ष बेस्ट टेस्ट अवार्ड वितरण गर्दै आएको छ ।kamal_bhandari1kamal_bhandari1

अवार्डले सम्मानित रेष्टुरेन्टका प्रमुख कमल भण्डारले भने ‘ग्रामथान क्षेत्रमा नेपाली व्यवसायले पहिलो पटक यति ठूलो सफलता प्राप्त गरेको हो । यो अवार्डले नेपाली ब्यवसायीलाई उत्साहित बनाएको छ ।’ गत बुधवार ग्रामथान जर्नलद्वारा आयोजित बिशेष समारोहमा विभिन्न क्षेत्रमा सफल ब्यवसायीलाई सम्मानसहित सो अवार्ड प्रदान गरिएको थियो । भण्डारीले सो सफलता रेष्टुरेन्टका काम गर्ने कर्मचारीको महत्वपूर्ण भुमिका रहेको बताए । उनले द एभ्रेष्ट इन परिवार तथा कर्मचारीलाई सबैलाई धन्यवाद दिए ।
लिंकनशार क्षेत्रका करिब ६ सय रेष्टुरेन्टलाई उछिन्दै द एभरेष्ट इन रेष्टुरेन्टले सो अवार्ड जितेको हो । नेपाल ब्रिटेन डट कमका निर्देशकसमेत रहेका भण्डारी बेलायतका सफल ब्यवसायी हुन् । भण्डारी हालै मात्र सामाूहिक लगानीको अवधारणमा बेलायतबाट उत्पादन सुरु गरेको गोल्डेन एभ्रेष्ट बियरका अध्यक्ष समेत छन् ।