विश्वमै पहिलोपटक यस्तो क्यामराको निर्माण जसलाई चार्ज गर्नैपर्दैन:

अमेरिकी वैज्ञानिकहरुले विश्वमै पहिलोपटक यस्तो क्यामराको निर्माण गरेका छन् जसले आफै उर्जा उत्पादन गर्छ र चार्ज गर्नु पर्दैन । अमेरिकाको कोलम्बिया विश्वविद्यालयका कम्प्युटर वैज्ञानिक के नायरको निर्माण गरेको यो क्यामराले सौर्य उर्जालाई विद्युतीय उर्जामा बदल्न सक्छ । यो क्यामराले कोठाभित्र समेत पूर्ण उज्यालो हुनेहो भने प्रति सेकेण्ड एउटा फोटो खिच्न सक्छ ।

camera

नायरले यस्तो पिक्सेल विकशित गरेका छन् जसले केवल प्रकाशको तिव्रता मात्र मापन गर्ने होइन फोटोग्राफिक फिल्ममा पर्ने प्रकाशलाई विद्युतिय उर्जामा बदल्न सक्छ ।

कोलम्बिया इन्जिनियरिङस्थित कम्प्युटर भिजिन ल्याबोरेटरीका अध्यक्ष समेत रहेका नायरका अनुसार डिजिटल तरिकाबाट तस्वीर बनाउने दिशामा क्रान्तिकारी खोजको नजिक शोधकर्ताहरु पुगिसकेका छन् । आफुहरुले बाहिरी उर्जाको सहयोग विनै चलाउन सकिने निकै उपयोगी क्यामरा विकशित गर्न लागेको उनले बताएका छन् ।

आगामी अपि्रल २४ देखि २६ सम्म ह्युस्टन स्थित राइस विश्वविद्यालयमा हुने कम्प्युटेसनल फोटोग्राफी सम्मेलनमा यो क्यामरालाई सार्वजनिक गर्ने योजना नायरको रहेको छ ।