बेइजिङ- चिनियाँ दम्पत्तिलाई दुई सन्तान जन्माउने अनुमति दिइएको छ । सो कानुन शुक्रबारदेखि नै लागू भएको हो ।
चिनियाँ दम्पत्तिले सन् २०१६ देखि नै दुई सन्तान पाउने अनुमति पाउनेसम्बन्धी कानुन गएको अक्टोबर महिनामा नै चीन सरकारले बनाएको थियो ।
सोही कानुनबमोजिम आजदेखि चिनियाँ दम्पत्तिले दुई सन्तान जन्माउने अनुमति पाएका हुन् ।
चिनियाँ सरकारको एक सन्तान नीतिको बिगतमा आलोचना भएको थियो । सोही आलोचनापछि चीन सरकारले दुई सन्तान नीति बनाएको हो ।
सन् १९७० को दशकको अन्त्यतिर चीन सरकारले यो नीति बनाएको हो । चीनमा जनसङ्ख्या बृद्धिको विस्फोटक अवस्थाका कारण यस्तो नीति बनाएको बताएको थियो ।
चिनियाँ अधिकारीहरुले चीनको यो नीतिले चीनमा आर्थिक बृद्धिका लागि एक महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । चीनमा सन् १९७० पछिका वर्षहरुमा आर्थिक विकासमा निकै प्रगति भएको थियो ।






