नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सामाजिक सञ्जालमा आफ्नो फेक एकाउन्ट खोलेर गलत सूचना प्रवाह भएको जानकारी दिएका छन् ।
मंगलबार साँझ घिसिङको नाममा खोलिएको फेक ट्वीटर अकाउन्टबाट गरिएको ट्वीटका कारण उनको पुनर्नियुक्तिको समाचार भाइरल बन्न पुग्यो । राष्ट्रिय मिडियाहरुले समेत बिना पुष्टि सोही ट्वीटलाई आधार बनाउँदै समाचारहरु तयार गरेका थिए ।
हाल बन्द गरिएको @kulman_ghising7 नामक ट्वीटर ह्यान्डलबाट घिसिङको पुनःनियुक्ति भएको जानकारी गराइएको थियो । तर, घिसिङले भने आफ्नो फेक अकाउन्ट खडा गरी गलत समाचार सम्प्रेषण भएको स्पष्ट पारेका छन् ।
घिसिङले भनेका छन्, ‘मेरो फेक अकाउन्ट खोलि विभिन्न समाचारहरु सम्प्रेसन भएकोले मेरो यो बाहेक कुनै अरु आधिकारिक अकाउन्ट नभएको जानकारी गराउँदछु ।’






