पिटरबोरो नेपाली समाज यूकेले नेपालका भूकम्प पीडितहरूको अस्थायी बसोबासका लागि करिब ५ लाख रूपिया बराबरको जस्तापाता एंव किल्लाकाटा सहयोग गरेको छ । भूकम्पले सबैभन्दा प्रभावित जिल्ला सिन्धुपाल्चोकको बाह्रबिसे गाबिसको वार्ड नं ६ को सार्की टोलमा ४६ घरपरिवारलाई ९० बन्डल जस्तापाता समाजका निवर्तमान अध्यक्ष एंव सल्लाहाकार महेश अधिकारीले यही जून १० तारिख गाउँमै पुगी बितरण गर्नु भएको हो ।

पिटरबोरो नेपाली समाज , गोर्खा नेपाली कम्युनिटी पिटरबोरो , गोर्खा ओभन रेस्टुरेन्ट स्पाल्डिं लगायत पिटरबोरो वरपर बस्ने नेपाली एंव अन्य समुदायबाट संकलित रकमले पीडितहरूलाई उक्त सहयोग उपलब्ध गराईएको जानकारी पिटरबोरो नेपाली समाजका अध्यक्ष केशब भण्डारीले गराउनु भएको छ।
नेपालमा गत अप्रिल २५ मा आएको बिनासकारी भूकम्प लगत्यै पिटरबोरो नेपाली समाज लगायत मिडल्यान्ड यूकेका नेपाली संघसंस्था शान्ति नेपाली समाज बेलायत, हाम्रो नेपाली समाज वेष्टमिडल्यान्ड,सिर्जनशील लेष्टर समाज, नेपाली समाज नटिंघाम, साझा नेपाली समाज यूके, श्री पशुपतिनाथ मंदिर बर्घिंघम,भिजन हुमानिटिले संयुक्तरूपमा ३५ लाख रूपियाको अपतकालीन राहत भुकम्पले प्रभाबित ५ जिल्लामा शान्ति नापाली समाज नेपाल नामक सामाजिक संस्थाको संयोजनमा बितरण गरी सहयोग गरिसकेका छन् ।






