काठमाडौं, २८ चैत्र । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको आठौं संस्करणको तेस्रो खेलमा राजस्थान रोयल्स विजयी भएको छ । पुनेमा शुक्रबार राति भएको खेलमा राजस्थानले किंग्स इलेभेन पन्जाबमाथि २६ रनको जितको निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १६२ रनको योगफल तयार पारेको थियो । राजस्थानका लागि जेम्स फल्कनरले ४६ रनको सर्वाधिक पारी खेल्दा स्टेभेन स्मिथ ३३, दीपक हुड्डाले ३० रनको योगदान दिए ।
बलिङतर्फ पन्जाबका अनुरीत सिंहले एक्लैले ३ विकेट झारे । जवाफमा १६३ रनको लक्ष्य पछ्याएर क्रिजमा ओर्लिएको पन्जाब पूरा ओभर खेल्दै १३६ रनमै समेटियो । पन्जाबले आफ्ना भरपर्दा ब्याट्सम्यान वीरेन्द्र सेहवागलाई पहिलो बलमै गुमाएको थियो ।
मुरली विजयीले ३७ रन जोडेको पन्जाबको इनिङमा अर्का भरपर्दा ब्याट्सम्यान ग्लेन म्याक्सवेल ७ रनको व्यक्तिगत स्कोरमा पवेलियन फर्केका थिए । अक्षर पटेल र जर्ज बेलीले समान २४–२४ रन बनाए भने डेविड मिलरले २३ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । पन्जाबी इनिङलाई सस्तैमा समेट्नेक्रममा राजस्थानका जेम्स फल्कनर एक्लैले ३ विकेट झार्दा टिम साउथीले २ विकेट लिए ।
राजस्थानले पन्जाबलाई हरायो






