पोर्चुगलमा कोरोना बाट ज्यान गुमाउने भन्दा निको हुनेको सङख्या बढि ।

लिस्बन

आकाश भण्डारी – विश्व भरि महामारिको रुपमा फैलिएको कोरोना भाईरस बाट पोर्चुगलमा मृत्यु हुनेको सङ्ख्या ७६२ पुगेको छ । पोर्चुगलको स्वास्थ्य महानिर्देशनालयका अनुसार हाल सम्म संक्रमितको संङख्या २१३७९ रहेको छ ।

कोभिड १९ बाट बिरामी परेकाहरूमा उल्लेखनिय सुधार भएको छ । हाल सम्म सन्चो हुनेको दर ९१७ रहेको छ । यो सङख्या अहिले सम्मकै पोर्चुगलमा सन्चो हुनेमा सबै भन्दा बढि हो । यो सुधार सँगै पोर्चुलमा कोरोना बाट ज्यान गुमाउने भन्दा सन्चो हुने बढि रहेका छन् । अहिले सम्म पोर्चुगलमा सबै भन्दा धेरै ८० वा सो भन्दा माथि उमेर समुहका ५०७ जनाको यो भाईरस बाट मृत्यु भएको छ ।