रोल्पाको थवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए

रोल्पा– जनता आधारभूत विद्यालय थवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ ।